गणेश नेपालीका परिवारलाई रोजगारी र निःशुल्क शिक्षाको व्यवस्था गर्ने महानगरको घोषणा
२७ आषाढ़, २०८३, शनिवार
- असार २५ गते राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा शुक्रबार निधन भएको थियो ।
काठमाडौँ: राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि काठमाडौं महानगरपालिकाले गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिनमा पूर्ण सहयोग गर्ने जनाएको छ ।
महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले विज्ञप्ति जारी गर्दै दिवंगत नेपालीका परिवारलाई मानवीय सहयोग, रोजगारीको व्यवस्था तथा उनका सन्ततिलाई निःशुल्क शिक्षा उपलब्ध गराउने निर्णय कार्यपालिका बैठकबाट विधिसम्मत रूपमा गर्ने पनि घोषणा गरेको छ ।
असार २५ गते राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा शुक्रबार निधन भएको थियो ।
विज्ञप्तिमा नेपाल सरकारको गृह मन्त्रालयले घटनाको निष्पक्ष छानबिनका लागि समिति गठन गर्ने निर्णय गरेको जानकारी सञ्चारमाध्यमबाट प्राप्त भएको उल्लेख गर्दै उक्त समितिलाई तथ्यगत अनुसन्धानमा काठमाडौं महानगरपालिकाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । छानबिनबाट प्राप्त सुझावका आधारमा आवश्यक सुधारात्मक तथा जिम्मेवार कदम चालिने पनि महानगरले स्पष्ट पारेको छ ।
महानगरपालिकाले नेपाल सरकारसँग समन्वय र सहकार्य गर्दै यस्ता घटना भविष्यमा दोहोरिन नदिन आवश्यक समाधानका उपाय पहिचान गर्ने, असल अभ्यास विकास गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएको छ । साथै, यस संवेदनशील अवस्थामा संयमित रहन र धैर्य धारण गर्न सबैमा अपिल गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
खोटाङमा मजदुरीको पैसा माग्न गएका व्यक्तिको हत्या,तीन जना पक्राउ
-
एक वर्षसम्म अन्तर्वार्ता नदिने मन्त्री महावीर पुनको घोषणा
-
पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञ र सरोकारवालासँग छलफल
-
पोर्चुगलको राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा जर्ज जेसस नियुक्त
-
गणेश नेपालीका परिवारलाई रोजगारी र निःशुल्क शिक्षाको व्यवस्था गर्ने महानगरको घोषणा
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।