समाजमा आशा मर्‍यो भने विश्वास जीवित रहन्न, प्रधानमन्त्री गम्भीरताप्रति गम्भीर बन्नोस्- विश्वप्रकाश शर्मा

२६ आषाढ़, २०८३, शुक्रवार
सारांश
  • शर्माले सामाजिक सञ्जालमा टिप्पणी गर्दै समाजमा आशा जगाउने वातावरण निर्माण गर्न सरकार गम्भीर बन्नुपर्ने बताउदै पुराना गएर नयाँ आएपछि समाजमा अपेक्षित आशा सिर्जना हुन नसकेको र यसको कारण गहिरो रूपमा विश्लेषण गर्न आवश्यक रहेको बताएका छन् ।

काठमाडौँ: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गणेश नेपालीको आत्मदाहको घटनालाई नागरिकमा बढ्दो निराशाको प्रतिनिधि घटना भएको टिप्पणी गरेका छन् । 

 

शर्माले सामाजिक सञ्जालमा टिप्पणी गर्दै समाजमा आशा जगाउने वातावरण निर्माण गर्न सरकार गम्भीर बन्नुपर्ने बताउदै पुराना गएर नयाँ आएपछि समाजमा अपेक्षित आशा सिर्जना हुन नसकेको र यसको कारण गहिरो रूपमा विश्लेषण गर्न आवश्यक रहेको बताएका छन् । उपसभापति शर्माले प्रधानमन्त्रीलाई समाजमा देखिएको गम्भीर निराशाप्रति संवेदनशील बन्न आग्रह गर्दै समाजमा आशा समाप्त भए विश्वास पनि जीवित नरहने बताएका छन् ।

 

उनले भने- 'नागरिक फ्रस्टेसन' को प्रतिनिधि रुप हो गणेश नेपालीको आत्मदाह । हामी पुराना गएर, नयाँ 'आएपछि पनि समाजमा होप कृयट' किन हुन सकिरहेको छैन, गहिराईमा गहन दृस्टी जरुरी छ । प्रधानमन्त्री गम्भीरताप्रति गम्भीर बन्नोस् । समाजमा आशा मर्‍यो भने विश्वास जीवित रहन्न !'

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।

थप समाचार