पोर्चुगलको राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा जर्ज जेसस नियुक्त

२७ आषाढ़, २०८३, शनिवार
सारांश
  • विश्वकपबाट पोर्चुगल बाहिरिएपछि सम्झौता सकिएसँगै रोबर्टो मार्टिनेज बाहिरिएपछि जेससलाई टोलीको जिम्मेवारी दिइएको हो ।

काठमाडौँ: पोर्चुगल फुटबल महासंघले राष्ट्रिय टोलीको नयाँ मुख्य प्रशिक्षकका रूपमा ७१ वर्षीय जर्ज जेससलाई नियुक्त गरेको छ ।

 

विश्वकपबाट पोर्चुगल बाहिरिएपछि सम्झौता सकिएसँगै रोबर्टो मार्टिनेज बाहिरिएपछि जेससलाई टोलीको जिम्मेवारी दिइएको हो । जेससले पोर्चुगल फुटबल महासंघसँग सन् २०३० जुनसम्मका लागि चार वर्षको सम्झौता गरेका छन् । आफ्नो लामो प्रशिक्षक जीवनमा उनले पहिलो पटक कुनै राष्ट्रिय टोलीको नेतृत्व गर्न लागेका हुन् ।

 

पोर्चुगलले विश्वकपमा निराशाजनक प्रदर्शन गरेपछि नयाँ प्रशिक्षक नियुक्त गर्न हतारिएको छ । सन् २०२५ को नेसन्स लिग विजेता पोर्चुगल यसपटक अन्तिम १६ मा स्पेनसँग १-० ले पराजित हुँदै क्वार्टरफाइनल पुग्न असफल भएको थियो ।

 

जेससले गत सिजन साउदी अरबको अल नासरलाई साउदी प्रो लिगको उपाधि दिलाएका थिए । त्यसपछि उनले साउदी अरबमै बस्ने प्रस्ताव अस्वीकार गर्दै पोर्चुगलको राष्ट्रिय टोली सम्हाल्ने निर्णय गरेका हुन् । अल नासरमा रहँदा उनले पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र जोआँ फेलिक्सलाई प्रशिक्षण दिएका थिए ।

 

उनले त्यसअघि अल हिलाल, स्पोर्टिंग सिपि, बेनिफिका जस्ता क्लबको प्रशिक्षक बनेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार