नागरिकले आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था कानूनी राज्यको गम्भीर असफलता हो- उपेन्द्र यादव
२६ आषाढ़, २०८३, शुक्रवार
- शुक्रबार जारी शोक वक्तव्यमा अध्यक्ष यादवले गणेश नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।
काठमाडौं: जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उक्त घटनालाई लोकतान्त्रिक एवं कानूनी राज्यका लागि गम्भीर चेतावनी भएको टिप्पणी गरेका छन् ।
शुक्रबार जारी शोक वक्तव्यमा अध्यक्ष यादवले गणेश नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्। कुनै पनि नागरिक आफ्नो पीडा, निराशा वा अन्यायको अनुभूतिलाई आत्मदाहजस्तो अन्तिम निर्णयमार्फत अभिव्यक्त गर्न बाध्य हुनु कानूनी राज्यका लागि अत्यन्त गम्भीर चेतावनी भएको उनले बताएका हुन्।
'एउटा व्यक्तिको मृत्युमा परिवारले आफ्नो सदस्य मात्र गुमाउँदैन, समाजले एउटा सक्रिय नागरिक गुमाउँछ र राज्यले आफ्ना नागरिकप्रतिको उत्तरदायित्वमाथि गम्भीर प्रश्नको सामना गर्नुपर्छ,' अध्यक्ष यादवको वक्तव्यमा उल्लेख छ। अध्यक्ष यादवले उक्त घटनालाई केवल व्यक्तिगत दुर्घटना वा क्षणिक आवेगका रूपमा टार्न नहुने उल्लेख गर्दै यसको वास्तविक कारण, पृष्ठभूमि तथा त्यसतर्फ पुर्याउने सबै परिस्थितिको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गर्न सरकारसँग माग गरेका छन्। घटनामा कुनै व्यक्ति, संस्था वा राज्य संयन्त्रको लापरवाही, अन्याय वा गैरजिम्मेवारी देखिए कानुनबमोजिम कडा कारबाही हुनुपर्ने उनको भनाइ छ।
यादवले सरकारले दिवंगत गणेश नेपालीका परिवारलाई उचित राहत, सम्मानजनक क्षतिपूर्ति तथा आवश्यक सामाजिक र आर्थिक सहयोग तत्काल उपलब्ध गराउनुपर्ने माग पनि गरेका छन्। यस्तै, श्रमिक वर्ग, कामदार, युवा तथा आम नागरिकका गुनासा समयमै सम्बोधन गर्ने, न्यायमा सहज पहुँच सुनिश्चित गर्ने र मनोसामाजिक सहयोगलाई प्रभावकारी बनाउने संस्थागत व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।
'मानव जीवनभन्दा ठूलो कुनै पनि विषय हुन सक्दैन। राज्यको पहिलो दायित्व नागरिकको जीवन, सम्मान र न्यायको संरक्षण गर्नु हो। कुनै पनि नागरिकले आफ्नो आवाज सुनाउन जीवन नै समाप्त गर्नुपर्ने अवस्था सिर्जना हुनु सभ्य समाजका लागि स्वीकार्य हुन सक्दैन,' यादवले वक्तव्यमा उल्लेख। यस प्रकारका दुखद घटनालाई राज्य, समाज र सम्बन्धित सबै पक्षका लागि गम्भीर आत्मसमीक्षा र जिम्मेवारीबोधको विषय बनाउनुपर्ने उनले बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
तीन खेलको टी-२० सिरिज खेल्न भारत ए टिम नेपाल आउने
-
माछाका भुरा वितरणमा ७२ लाखभन्दा बढी हिनामिना, चार जनाविरुद्ध मुद्दा दायर
-
समाजमा आशा मर्यो भने विश्वास जीवित रहन्न, प्रधानमन्त्री गम्भीरताप्रति गम्भीर बन्नोस्- विश्वप्रकाश शर्मा
-
रकेट प्रविधिमा चीनको ठूलो सफलता, पहिलो पटक बुस्टरको समुद्रमा सुरक्षित अवतरण गराइयो
-
नागरिकले आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था कानूनी राज्यको गम्भीर असफलता हो- उपेन्द्र यादव
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।