- उनले अरूले आफैंलाई जलाउने हिम्मत गर्न नसकेको र बहादुर युवाले विद्रोह गरेको बताउदै सरकार जनताको ज्यान जोगाउने भन्दा पनि मानवीय संवेदनशीलतालाई कुल्चिएर लाइक बढाउने ध्याउन्नमा रहेको आरोप लगाएकी छन् ।
काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले कालो चस्मा खोल्ने बेला आएको टिप्पणी गरेको छ ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै काँग्रेसकी प्रमुख सचेतक बासना थापाले त्रिपुरेश्वरमा बिहीबार आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु भएको घटनामा राज्य मूकदर्शक बनेको आरोप लगाउदै अब सरकारले कालो चश्मा खोल्ने समय आएको बताएकी हुन् ।
उनले भनिन्-‘केही समयअघि सुकुमवासीलाई उठीबास लगाएर १७ वर्षीय रविन तामाङ र ६१ वर्षीय इन्द्रबहादुर राईले आत्महत्या गरेका थिए । हिजो पनि धोबीखोलामा हाम फालेर मृत्युवरण गरेको समाचार आएको अझै पहिचान हुन बाँकी छ । प्रधानमन्त्रीज्यू, राज्य साँच्चै यति निरीह र असफल भइसकेको हो ? अब कालोचस्मा खोल्ने बेला आएको छ । साझा यातायातको हरियो रङलाई पोतेर नागरिकको सुरक्षा महसुस गरिँदैन ।’
सांसद थापाले प्रधानमन्त्रीलाई प्रश्न गर्दै विगतमा राज्यको सफलतामाथि कठोर प्रश्न उठाउने तपाईं आज किन टाढा हुनुहुन्छ ? भन्दै प्रश्न गरेकी छन् । उनले राज्य आतंकका कारण एक युवाले आगो सल्काउँदा समेत राज्य मूकदर्शक बनेको उल्लेख गर्दै शरीर आगोमा दन्किरहेको समयमा राज्यले एम्बुलेन्स नपठाएको र उल्टै प्रहरी प्रशासन लगाएर अपराधिकझैं घिसारेर लागेको आरोप लगाईन् ।
उनले अरूले आफैंलाई जलाउने हिम्मत गर्न नसकेको र बहादुर युवाले विद्रोह गरेको बताउदै सरकार जनताको ज्यान जोगाउने भन्दा पनि मानवीय संवेदनशीलतालाई कुल्चिएर लाइक बढाउने ध्याउन्नमा रहेको आरोप लगाएकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नेपालमा विपद् तयारी केन्द्रको उपकेन्द्र स्थापना गर्न सम्झौता
-
मुख्यमन्त्री नियुक्तिको मुद्धा अदालतमा रहेकाले प्रदेशसभा बैठक स्थगित गर्न कांग्रेसको माग
-
बागमतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्धको रिटमा कारण देखाउ आदेश
-
परराष्ट्रमन्त्री खनाल र सचिव राईबीच कार्यसम्पादन सम्झौता
-
बेलायतका प्रधानमन्त्री बर्नहम किभमा, युक्रेनलाई स्टोर्म स्याडो क्षेप्यास्त्र निर्माणको गोप्य प्रविधि दिदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।