खोटाङमा मजदुरीको पैसा माग्न गएका व्यक्तिको हत्या,तीन जना पक्राउ
२७ आषाढ़, २०८३, शनिवार
- जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार असार २५ गते दिउँसो करिब १२ बजे स्थानीय ३८ वर्षीय ध्रुव भन्ने भक्तबहादुर अधिकारी मजदुरी गरेको रकम माग्न ५७ वर्षीय तिलबहादुर सार्कीको घर पुगेका थिए।
खोटाङ: खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ मा मजदुरीको रकम माग्न गएका एक व्यक्तिको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार असार २५ गते दिउँसो करिब १२ बजे स्थानीय ३८ वर्षीय ध्रुव भन्ने भक्तबहादुर अधिकारी मजदुरी गरेको रकम माग्न ५७ वर्षीय तिलबहादुर सार्कीको घर पुगेका थिए। सोही क्रममा तिलबहादुर सार्कीलगायतले खुकुरी प्रहार गर्दा अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा तिलबहादुर सार्कीलाई असार २५ गते नै पक्राउ गरिएको थियो । त्यसपछि असार २६ गते ५२ वर्षीया भोटीमाया सार्की र २२ वर्षीया सीता सार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूमाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।