गणेश नेपालीको घटनाले राज्य, समाज र सामूहिक चेतनालाई गम्भीर रूपमा झस्कायो- गगन थापा
२६ आषाढ़, २०८३, शुक्रवार
- सामाजिक सञ्जालमा लेख्दै सभापति थापाले यसलाई राजनीतिक आरोप-प्रत्यारोपको विषय नबनाई राज्य सञ्चालन, सामाजिक उत्तरदायित्व र नागरिकप्रतिको संवेदनशीलतासँग जोडेर आत्मसमीक्षा गर्नुपर्ने बताएका हुन् ।
काठमाडौँ: नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको घटनाले राज्य, समाज र सामूहिक चेतनालाई गम्भीर रूपमा झस्काएको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै सभापति थापाले यसलाई राजनीतिक आरोप-प्रत्यारोपको विषय नबनाई राज्य सञ्चालन, सामाजिक उत्तरदायित्व र नागरिकप्रतिको संवेदनशीलतासँग जोडेर आत्मसमीक्षा गर्नुपर्ने बताएका हुन् ।
थापाले यस्तो घटनालाई राजनीतिक बहस वा दोषारोपणको विषय बनाउन नहुने उल्लेख गर्दै एउटा नागरिक आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने प्रश्नको इमानदार जवाफ खोज्नुपर्ने बताएका छन् । राज्यका सेवा, संयन्त्र र नीतिले नागरिकलाई आड, भरोसा र सुरक्षा दिन नसक्दा यस्ता दुःखद घटना दोहोरिन सक्ने भएकाले त्यसतर्फ गम्भीर ध्यान दिनुपर्ने उनको भनाइ छ ।
उनले भनेका छन्- 'हामीले आफैँसँग केही कठिन प्रश्न सोध्नैपर्छ । एउटा युवा किन यस्तो निराशाको बिन्दुसम्म पुग्छ ? आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ ? राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति गराउनुपर्ने हो, तर किन कतिपय नागरिक राज्यकै सामु आफूलाई यति असहाय महसुस गर्छन् ? समाज, परिवार, राज्य र हामी नागरिकका रूपमा कहाँ चुक्यौँ ?'
उनले समाज, परिवार, राज्य र नागरिक सबैले आफ्नो भूमिका आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिएका छन् । भविष्यमा कुनै पनि नागरिकले निराशाको चरम अवस्थामा पुगेर यस्ता कदम चाल्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुने थापाको धारणा छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
तीन खेलको टी-२० सिरिज खेल्न भारत ए टिम नेपाल आउने
-
माछाका भुरा वितरणमा ७२ लाखभन्दा बढी हिनामिना, चार जनाविरुद्ध मुद्दा दायर
-
समाजमा आशा मर्यो भने विश्वास जीवित रहन्न, प्रधानमन्त्री गम्भीरताप्रति गम्भीर बन्नोस्- विश्वप्रकाश शर्मा
-
रकेट प्रविधिमा चीनको ठूलो सफलता, पहिलो पटक बुस्टरको समुद्रमा सुरक्षित अवतरण गराइयो
-
नागरिकले आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था कानूनी राज्यको गम्भीर असफलता हो- उपेन्द्र यादव
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।