बर्षामान पुनले संसदमा पढे प्रेम आचार्यले आत्मदाह गर्दा बालेनले लेखेको स्ट्याटस
२६ आषाढ़, २०८३, शुक्रवार
- शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पुनले मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाह स्मरण गर्दै प्रेम आचार्यले आत्मदाह गर्दा बालेनले लेखेको स्ट्याटस स्मरण गराएका हुन् ।
काठमाडौं: नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले २०७९ सालमा प्रेम आचार्यले संसद भवन बानेश्वर अगाडी आत्मदाह गर्दा बालेनले लेखेको स्ट्याटस संसद्मा पढेर सुनाएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पुनले मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाह स्मरण गर्दै प्रेम आचार्यले आत्मदाह गर्दा बालेनले लेखेको स्ट्याटस स्मरण गराएका हुन् ।
त्यति बेला काठमाडौँ महानगरको प्रमुख रहेका बालेनले सामाजिक सञ्जालमा लेखेका थिए- 'एकजना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन् । एकजना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् । एकजना नागरिक संसद् भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर निराशा पोख्छन् । त्यो निराशाका कारण र धेरै संकेतहरू होलान् तर सबै भन्दा ठूलो कारण राज्य हो । र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो ।'
सांसद पुनले प्रधानमन्त्री बालेनको यो बुझाइमा अहिले पनि छ वा फेरियो भन्दै प्रश्न समेत गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नेपालमा विपद् तयारी केन्द्रको उपकेन्द्र स्थापना गर्न सम्झौता
-
मुख्यमन्त्री नियुक्तिको मुद्धा अदालतमा रहेकाले प्रदेशसभा बैठक स्थगित गर्न कांग्रेसको माग
-
बागमतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्धको रिटमा कारण देखाउ आदेश
-
परराष्ट्रमन्त्री खनाल र सचिव राईबीच कार्यसम्पादन सम्झौता
-
बेलायतका प्रधानमन्त्री बर्नहम किभमा, युक्रेनलाई स्टोर्म स्याडो क्षेप्यास्त्र निर्माणको गोप्य प्रविधि दिदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।