रकेट प्रविधिमा चीनको ठूलो सफलता, पहिलो पटक बुस्टरको समुद्रमा सुरक्षित अवतरण गराइयो
२६ आषाढ़, २०८३, शुक्रवार
- चीनले शुक्रबार दक्षिणी प्रान्त हाइनानबाट लङ मार्च–१० बी रकेट प्रक्षेपण गरेको थियो । उडान सुरु भएको करिब ६ मिनेटपछि सहायक भाग मुख्य रकेटबाट छुट्टिएर नियन्त्रित रूपमा समुद्रमा बनाइएको विशेष मञ्चमा अवतरण गरेको थियो ।
काठमाडौँ: चीनले अन्तरिक्ष प्रविधिमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै पहिलो पटक रकेटको सहायक भाग (बुस्टर) लाई समुद्रमा सुरक्षित रूपमा अवतरण गराउन सफल भएको छ । यो सफलताले पुनः प्रयोग गर्न सकिने रकेट प्रविधिको विकासमा चीनले नयाँ फड्को मारेको मानिएको छ ।
चीनले शुक्रबार दक्षिणी प्रान्त हाइनानबाट लङ मार्च–१० बी रकेट प्रक्षेपण गरेको थियो । उडान सुरु भएको करिब ६ मिनेटपछि सहायक भाग मुख्य रकेटबाट छुट्टिएर नियन्त्रित रूपमा समुद्रमा बनाइएको विशेष मञ्चमा अवतरण गरेको थियो । त्यहाँ जडान गरिएको विशेष जालले त्यसलाई सुरक्षित रूपमा समातेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
चीनका अनुसार रकेटको सहायक भागलाई यसरी नियन्त्रित रूपमा फिर्ता ल्याउने यो देशको पहिलो सफल परीक्षण हो । विज्ञहरूका अनुसार प्रत्येक प्रक्षेपणपछि सहायक भागलाई पुनः प्रयोग गर्न सकिए अन्तरिक्ष अभियानको लागत उल्लेखनीय रूपमा घट्नेछ भने प्रक्षेपणको गति पनि बढ्नेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
तीन खेलको टी-२० सिरिज खेल्न भारत ए टिम नेपाल आउने
-
माछाका भुरा वितरणमा ७२ लाखभन्दा बढी हिनामिना, चार जनाविरुद्ध मुद्दा दायर
-
समाजमा आशा मर्यो भने विश्वास जीवित रहन्न, प्रधानमन्त्री गम्भीरताप्रति गम्भीर बन्नोस्- विश्वप्रकाश शर्मा
-
रकेट प्रविधिमा चीनको ठूलो सफलता, पहिलो पटक बुस्टरको समुद्रमा सुरक्षित अवतरण गराइयो
-
नागरिकले आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था कानूनी राज्यको गम्भीर असफलता हो- उपेन्द्र यादव
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।