माछाका भुरा वितरणमा ७२ लाखभन्दा बढी हिनामिना, चार जनाविरुद्ध मुद्दा दायर
२६ आषाढ़, २०८३, शुक्रवार
- अख्तियारको अनुसन्धानअनुसार नेपाल सरकारबाट मत्स्य भुरा वितरणका लागि विनियोजन गरिएको दुई करोड ३४ लाख २८ हजार बजेट कार्यान्वयनका क्रममा अनियमितता भएको देखिएको हो ।
काठमाडौँ: धनुषास्थित तत्कालीन जिल्ला कृषि विकास कार्यालयमा आर्थिक वर्ष २०७४/०७५ मा माछाका भुरा वितरण कार्यक्रमअन्तर्गत ७२ लाख ५९ हजार ९० रुपैयाँ हिनामिना गरेको आरोपमा चार जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियारको अनुसन्धानअनुसार नेपाल सरकारबाट मत्स्य भुरा वितरणका लागि विनियोजन गरिएको दुई करोड ३४ लाख २८ हजार बजेट कार्यान्वयनका क्रममा अनियमितता भएको देखिएको हो ।
अनुसन्धानबाट तत्कालीन कार्यालय प्रमुख सुकेश्वर झा, लेखापाल रामचन्द्र ठाकुर र प्राविधिक सहायक देवेन्द्रलाल कर्णले मिलेमतोमा सरकारी फार्मबाट सीमित मात्रामा माछाका भुरा खरिद गरी बाँकी निजी माछा फार्मबाट लिएको देखाएको, तर प्राप्त नै नभएका भुरासमेत प्राप्त भएको देखाउँदै नक्कली बिल तथा कागजात तयार गरेको आरोप लागेको छ । उनीहरूले वितरण नै नभएका भुरा कृषकलाई दिएको देखाउन नक्कली नाम, ठेगाना, दस्तखत र भरपाई तयार गरी सरकारी रकम भुक्तानी गरेको अख्तियारको दाबी छ ।
यस प्रकरणमा सुदिश माछापालन केन्द्रका सञ्चालक राम सुदिश शरणलाई पनि गैरकानुनी लाभ लिने मतियारको रूपमा प्रतिवादी बनाइएको छ। अनुसन्धानअनुसार नक्कली कागजातका आधारमा माछा फार्मलाई सरकारी रकम भुक्तानी गराई राज्यलाई ७२ लाख ५९ हजार बराबरको हानी नोक्सानी पुर्याइएको निष्कर्ष निकालिएको छ।
अख्तियारले चारै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार समान बिगो कायम गरी कैद, बिगोबमोजिम जरिवाना तथा बिगो असुलउपरको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ। राम सुदिश शरणविरुद्ध मुख्य कसुरदारसरह सजायको मागसमेत गरिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नेपालमा विपद् तयारी केन्द्रको उपकेन्द्र स्थापना गर्न सम्झौता
-
मुख्यमन्त्री नियुक्तिको मुद्धा अदालतमा रहेकाले प्रदेशसभा बैठक स्थगित गर्न कांग्रेसको माग
-
बागमतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्धको रिटमा कारण देखाउ आदेश
-
परराष्ट्रमन्त्री खनाल र सचिव राईबीच कार्यसम्पादन सम्झौता
-
बेलायतका प्रधानमन्त्री बर्नहम किभमा, युक्रेनलाई स्टोर्म स्याडो क्षेप्यास्त्र निर्माणको गोप्य प्रविधि दिदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।