गणेश नेपालीका परिवारले न्याय पाउनुपर्छ- ओमप्रकाश अर्याल

२६ आषाढ़, २०८३, शुक्रवार
सारांश
  • उनले सत्य, निष्ठा र मानवताको आधारमा सबै विचार, वर्ग र समुदायसँग सहकार्य गर्दै राज्य सञ्चालन हुनुपर्ने उल्लेख गरेका छन् । सुशासनको मेरुदण्ड नै कानुनी शासन भएको भन्दै कानुनी शासन भएको देशमा आम नागरिकले सास्ती भोग्ने र सरकारसँग सम्बन्धित व्यक्तिले उन्मुक्ति पाउने अवस्था स्वीकार्य हुन नसक्ने उनको भनाइ छ ।

काठमाडौँ: पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले गणेश नेपालीको मृत्युको घटनाप्रति दुःख व्यक्त गर्दै उनका परिवारले न्याय पाउनुपर्ने बताएका छन् । उनले कानुनी शासनको प्रभावकारी कार्यान्वयनबिना सुशासन सम्भव नहुने उल्लेख गर्दै सरकारले नागरिकसँग सहकार्य गरेर राज्य सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

 

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै अर्यालले कानुनी राज्यमा नागरिक मात्र होइन, सरकार स्वयंले पनि विधि र कानुनको पूर्ण पालना गर्नुपर्ने बताएका छन् । उनले सरकार र नागरिकबीच सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिँदै प्रतिद्वन्द्विता बढाउने प्रवृत्तिले मुलुकलाई पुनः द्वन्द्व र संकटतर्फ धकेल्न सक्ने चेतावनी दिएका छन् ।

 

उनले सत्य, निष्ठा र मानवताको आधारमा सबै विचार, वर्ग र समुदायसँग सहकार्य गर्दै राज्य सञ्चालन हुनुपर्ने उल्लेख गरेका छन् । सुशासनको मेरुदण्ड नै कानुनी शासन भएको भन्दै कानुनी शासन भएको देशमा आम नागरिकले सास्ती भोग्ने र सरकारसँग सम्बन्धित व्यक्तिले उन्मुक्ति पाउने अवस्था स्वीकार्य हुन नसक्ने उनको भनाइ छ ।

 

पूर्वगृहमन्त्री अर्यालले वर्तमान परिस्थितिका संकेत पनि सन्तोषजनक नरहेको टिप्पणी गर्दै स्वर्गीय गणेश नेपालीका परिवारले न्याय पाउनुपर्ने माग गरेका छन् । 

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार