रकेट प्रविधिमा चीनको ठूलो सफलता, पहिलो पटक बुस्टरको समुद्रमा सुरक्षित अवतरण गराइयो

२६ आषाढ़, २०८३, शुक्रवार
सारांश
  • चीनले शुक्रबार दक्षिणी प्रान्त हाइनानबाट लङ मार्च–१० बी रकेट प्रक्षेपण गरेको थियो । उडान सुरु भएको करिब ६ मिनेटपछि सहायक भाग मुख्य रकेटबाट छुट्टिएर नियन्त्रित रूपमा समुद्रमा बनाइएको विशेष मञ्चमा अवतरण गरेको थियो ।

काठमाडौँ: चीनले अन्तरिक्ष प्रविधिमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै पहिलो पटक रकेटको सहायक भाग (बुस्टर) लाई समुद्रमा सुरक्षित रूपमा अवतरण गराउन सफल भएको छ । यो सफलताले पुनः प्रयोग गर्न सकिने रकेट प्रविधिको विकासमा चीनले नयाँ फड्को मारेको मानिएको छ ।

 

चीनले शुक्रबार दक्षिणी प्रान्त हाइनानबाट लङ मार्च–१० बी रकेट प्रक्षेपण गरेको थियो । उडान सुरु भएको करिब ६ मिनेटपछि सहायक भाग मुख्य रकेटबाट छुट्टिएर नियन्त्रित रूपमा समुद्रमा बनाइएको विशेष मञ्चमा अवतरण गरेको थियो । त्यहाँ जडान गरिएको विशेष जालले त्यसलाई सुरक्षित रूपमा समातेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

 

चीनका अनुसार रकेटको सहायक भागलाई यसरी नियन्त्रित रूपमा फिर्ता ल्याउने यो देशको पहिलो सफल परीक्षण हो । विज्ञहरूका अनुसार प्रत्येक प्रक्षेपणपछि सहायक भागलाई पुनः प्रयोग गर्न सकिए अन्तरिक्ष अभियानको लागत उल्लेखनीय रूपमा घट्नेछ भने प्रक्षेपणको गति पनि बढ्नेछ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।

थप समाचार