युवाहरुलाई लत लगाएको भन्दै मेटाविरुद्ध अमेरिकी चार राज्य अदालतमा
२०८३ अषाढ़ २५ विहिवार
- अमेरिकाका चार राज्यले सामाजिक सञ्जाल कम्पनी मेटामाथि १.४ खर्ब अमेरिकी डलर जरिवाना लगाउन अदालतसँग माग गरेका छन् ।
काठमाण्डौ, २५ अषाढ़ । अमेरिकाका चार राज्यले सामाजिक सञ्जाल कम्पनी मेटामाथि १.४ खर्ब अमेरिकी डलर जरिवाना लगाउन अदालतसँग माग गरेका छन् । कम्पनीले आफ्ना फेसबुक र इन्स्टाग्राम मञ्चलाई युवाहरूमा लत बस्ने गरी विकास गरेको तथा उनीहरूको सुरक्षाबारे जनतालाई भ्रममा पारेको आरोप लगाइएको छ ।
क्यालिफोर्निया, कोलोराडो, केन्टकी र न्युजर्सी राज्यले दायर गरेको मुद्दामा जरिवानाको आधार मेटाका गतिविधिबाट प्रभावित भएको अनुमान गरिएका किशोर र युवा प्रयोगकर्ताको संख्यालाई बनाइएको जनाइएको छ । यो रकम मेटाको बजार मूल्यसँग झन्डै बराबर रहेको बताइएको छ ।
मेटाले भने यस्तो जरिवानाको कुनै कानुनी वा तथ्यगत आधार नभएको दाबी गर्दै उपभोक्ता संरक्षणको इतिहासमै यति ठूलो सजायको उदाहरण नरहेको जनाएको छ । कम्पनीले फेसबुक र इन्स्टाग्रामले प्रयोगकर्तामा लत सिर्जना गरेको आरोप पनि अस्वीकार गरेको छ । यसैबीच, थप १४ राज्यले पनि आफ्ना कानुनअनुसार मेटाविरुद्ध मुद्दा दायर गरेका छन्, जसको छुट्टै सुनुवाइ आगामी फेब्रुअरीमा हुनेछ ।
यस्तै, २९ राज्यले संघीय अदालतमा दायर गरेको अर्को मुद्दामा मेटाले अभिभावकको स्पष्ट सहमतिबिना बालबालिकाको तथ्याङ्क संकलन गरेर बालबालिकाको अनलाइन गोपनीयता सम्बन्धी संघीय कानुन उल्लंघन गरेको आरोप लगाइएको छ । यी सबै मुद्दाको सुनुवाइ आगामी अगस्टमा हुने तय भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा
परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।