- मोबाइल फोन निर्माता एचएमडीले नोकियाका चर्चित परम्परागत बटन फोनलाई आधुनिक प्रविधिसहित नयाँ स्वरूपमा सार्वजनिक गरेको छ ।
काठमाण्डौ, २४ अषाढ़ । मोबाइल फोन निर्माता एचएमडीले नोकियाका चर्चित परम्परागत बटन फोनलाई आधुनिक प्रविधिसहित नयाँ स्वरूपमा सार्वजनिक गरेको छ ।
कम्पनीले कृत्रिम बुद्धिमत्ता (एआई) सुविधासहित नोकिया २०० फोरजी, २१० फोरजी, २१५ फोरजी र २३५ फोरजी गरी चार नयाँ मोडल बजारमा ल्याएको हो । नोकिया २०० र २१० फोरजीमा २.४ इन्चको क्यूभीजीए पर्दा दिइएको छ भने २१५ र २३५ फोरजीमा २.८ इन्चको क्यूभीजीए आइपीएस पर्दा रहेको छ । यी सबै फोन कम्पनीको नयाँ एस- ३० प्लस सञ्चालन प्रणालीमा आधारित छन् । यसमा सिकी एआई नामको कृत्रिम बुद्धिमत्ता सहायक सुविधा समावेश गरिएको छ । प्रयोगकर्ताले किप्याडको बीचमा रहेको विशेष एआई बटन थिचेर आवाजमार्फत टर्च बाल्न, क्यामेरा खोल्न, सम्झना गराउने सूचना राख्न वा नम्बर टाइप नगरी फोन गर्न सक्नेछन् ।
कम्पनीका अनुसार यो एआई सुविधा सुरुका १८० दिनसम्म निःशुल्क उपलब्ध हुनेछ । त्यसपछि भने प्रयोगकर्ताले सदस्यता शुल्क तिरेर सेवा प्रयोग गर्नुपर्नेछ । फोनमा क्लाउड सेवा पनि उपलब्ध गराइएको छ, जसबाट आन्तरिक भण्डारण नभरिई आवश्यक सामग्री प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। यद्यपि, प्रयोग गरिएको प्रोसेसरबारे भने कम्पनीले जानकारी दिएको छैन ।
यी फोनमा १,४५० एमएएच क्षमताको ब्याट्री, यूएसबी–सी चार्जिङ, ब्लुटुथ ५.०, ३.५ मिलिमिटर हेडफोन जडान सुविधा तथा एफएम रेडियो समावेश गरिएको छ । यसका साथै अगाडिको भीजीए क्यामेराबाट भिडियो संवाद गर्न सकिनेछ भने नोकिया २१० र २३५ फोरजीमा पछाडि २ मेगापिक्सेलको क्यामेरा पनि दिइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
ऊर्जा क्षेत्रको परियोजना कार्यान्वयनका जटिलता पहिचान गर्न उच्चस्तरीय समिति गठन
-
सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस
-
काँग्रेस उपसभापतिमा चन्द्र भण्डारीसहितको उम्मेदवारी दर्ता
-
रामेछापमा कमेरो माटो निकाल्ने क्रममा ढिस्को खस्दा एक जनाको मृत्यु
-
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हाल्जेनलाई प्रदान
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।