पाकिस्तानको टेस्ट कप्तानमा पुन: बाबर आजम

२१ आषाढ़, २०८३, आइतवार
सारांश
  • बोर्डका अनुसार आजमले वेस्ट इन्डिज र इङल्याण्डविरुद्धका टेस्टमा पाकिस्तानको कप्तानी गर्ने भएका छन् । पाकिस्तानको वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिज जुलाई २५ देखि शुरु हुदैछ । त्यस्तै पाकिस्तानले त्यसपछि इङल्याण्डविरुद्धको तीन खेलको टेस्ट सिरिज अगस्त १९ देखि खेल्ने तालिका छन् ।

काठमाडौँ: बाबर आजमलाई फेरी पाकिस्तान टेस्ट टिमको कप्तान बनाइएको छ । पाकिस्तान क्रिकेट बोर्डले शान मसुदलाइ बर्स्खात गर्दै आजमलाई पुन: कप्तानको जिम्मेवारी दिएको हो ।

 

बोर्डका अनुसार आजमले वेस्ट इन्डिज र इङल्याण्डविरुद्धका टेस्टमा पाकिस्तानको कप्तानी गर्ने भएका छन् । पाकिस्तानको वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिज जुलाई २५ देखि शुरु हुदैछ । त्यस्तै पाकिस्तानले त्यसपछि इङल्याण्डविरुद्धको तीन खेलको टेस्ट सिरिज अगस्त १९ देखि खेल्ने तालिका छन् ।

 

वेस्ट इन्डिजविरुद्धको पाकिस्तानको टिममा बाबर आजम (कप्तान), आमिर जमाल, अबुदुल्लाह फजल, अजान अवैस, अलि उसमान, इमाम उल हक, खुराम शाहजाद, मोहमद अब्बास, मोहम्बद अली, मोहमद रिजवान, मोहमद अवैस जाफर, मुहमद घाजी घोरी, साजिद खान, सलमान अली अघा, शान मसूद र उबैद शाह रहेका छन् ।  

 

त्यस्तै इङल्याण्डविरुद्धको पाकिस्तानको टिममा बाबर आजम (कप्तान), आमिर जमाल, अबुदुल्लाह फजल, अजान अवैस, अलि उसमान, इमाम उल हक, खुराम शाहजाद, मोहमद अब्बास, मोहम्बद अली, मोहमद रिजवान, मोहमद अवैस जाफर, मुहमद घाजी घोरी, साजिद खान, सलमान अली अघा, साउद शकील (फिट भएमा), शान मसूद र उबैद शाह रहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार