तनावपूर्ण खेलपछि एम्बाप्पेले पराग्वेका गोलकिपरसँग हात नमिलाएपछि बलले हाने !

२१ आषाढ़, २०८३, आइतवार
सारांश
  • फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसचाम्पले पनि दक्षिण अमेरिकी टोलीविरुद्ध खेल्नु सधैं कठिन हुने बताउँदै पाराग्वेले पूरै खेलभरि आफ्नो टोलीको लय बिगार्ने प्रयास गरेको स्वीकार गरे ।

काठमाडौँ: जारी फिफा विश्वकप फुटबल अन्तर्गत अन्तिम १६ को खेलमा फ्रान्सले पाराग्वेलाई १-० ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाए पनि खेलपछि मैदानमा खेलाडीबीच तनावपूर्ण अवस्था सिर्जना भएको छ ।

 

अन्तिम सिटी बज्नासाथ दुवै टोलीका खेलाडी आमनेसामने भएका थिए । केहीबेर धकेलाधकेलसमेत भएको थियो । खेलकै क्रममा फ्रान्सका कप्तान किलियन एम्बाप्पे र पाराग्वेका गोलरक्षक ओरलान्डो गिलबीच पनि विवाद भएको थियो ।

 

खेलको ७०औँ मिनेटसम्म दुवै टोलीबीच कडा प्रतिस्पर्धा चलेको थियो । यस अवधिमा खेलाडीहरूबीच पटक-पटक भनाभन र सामान्य धकेलाधकेलसमेत भएको थियो । एक चरणमा एम्बाप्पे र पाराग्वेका डिएगो गोमेजबीच विवाद भएपछि दुवै टोलीका खेलाडी एकअर्कासँग जुधेका थिए । रेफ्रीले सुरुमा खेलाडीलाई छुट्याउने प्रयास गरे पनि अवस्था तनावपूर्ण बनेपछि अन्य खेलाडीसमेत घटनास्थलमा पुगेका थिए ।

 

पाराग्वेले बलियो रक्षात्मक खेल प्रस्तुत गर्दै फ्रान्सका आक्रमणकारी खेलाडीलाई खुला अवसर दिनबाट रोकेको थियो । तर ७०औँ मिनेटमा डिजायर डुए पेनाल्टी क्षेत्रभित्र लडाइएपछि सुरुमा खेल जारी राखिएको थियो । पछि दृश्य सहायक रेफ्रीको समीक्षा पश्चात् फ्रान्सले पेनाल्टी पायो ।

 

एमबाप्पेले पेनाल्टीलाई सफलतापूर्वक गोलमा परिणत गर्दै टोलीलाई १-० को जित दिलाए । यो प्रतियोगितामा उनको सातौँ तथा विश्वकप करियरको १९औँ गोल हो । यससँगै उनी सर्वाधिक गोलकर्ताको दौडमा लियोनेल मेसीको बराबरीमा पुगेका छन् ।

 

खेल सकिएपछि पाराग्वेका गोलरक्षक गिल एम्बाप्पेलाई बधाई दिन हात मिलाउन पुगेका थिए । तर एम्बाप्पेले प्रतिक्रिया नदिई अघि बढेपछि असन्तुष्ट बनेका गिलले रिसको आवेगमा खेलको बल उनको ढाडतर्फ फ्याँके । बल लागे पनि एम्बाप्पेले कुनै प्रतिक्रिया दिएनन् र आफ्ना टोलीसँग जितको उत्सव मनाइरहे । उक्त घटना सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ । जितपछि एम्बाप्पेले खेल सजिलो नहुने आफूहरूलाई पहिले नै थाहा भएको बताए । उनले आवश्यक परे आकर्षक नभई व्यावहारिक शैलीको खेल खेल्न पनि आफूहरू तयार रहेको उल्लेख गर्दै फुटबलमा जित नै सबैभन्दा महत्वपूर्ण हुने प्रतिक्रिया दिए ।

 

फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसचाम्पले पनि दक्षिण अमेरिकी टोलीविरुद्ध खेल्नु सधैं कठिन हुने बताउँदै पाराग्वेले पूरै खेलभरि आफ्नो टोलीको लय बिगार्ने प्रयास गरेको स्वीकार गरे ।

 

यता, खेलपछि गोलरक्षक गिलले आफ्नो व्यवहारप्रति दुःख व्यक्त गरेका छन् । उनले एम्बाप्पेलाई बधाई दिन खोज्दा आफूलाई बेवास्ता गरिएको महसुस भएकाले आवेगमा बल फ्याँकेको बताए । साथै, फ्रान्सले पेनाल्टी नपाएको भए खेलको नतिजा फरक हुन सक्ने दाबी पनि गरे ।

 

अब फ्रान्सले क्वार्टरफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ भने पाराग्वेको विश्वकप यात्रा अन्तिम १६ बाटै समाप्त भएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार