विश्वकप लिग- २ को सिरिज खेल्न जाने नेपाली टिमको बिदाई

२१ आषाढ़, २०८३, आइतवार
सारांश
  • बिदाइ कार्यक्रममा क्यानका सचिव पारस खड्काले टोलीले अघिल्लो युरोप भ्रमणमा जस्तै उत्कृष्ट प्रदर्शन दोहोर्‍याउने विश्वास व्यक्त गरे । उनले पछिल्लो समय नेपाली टोलीले देखाएको आत्मविश्वास र प्रदर्शनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

काठमाडौँ: आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गत हुने सिरिजका लागि नेदरल्यान्ड्स जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार औपचारिक रूपमा बिदाइ गरेको छ ।

 

नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी रहने उक्त सिरिज जुलाई २१ देखि सुरु हुनेछ । त्यसअघि नेपाली टोलीले जर्सीमा अभ्यास खेल तथा प्रशिक्षणमार्फत आफ्नो तयारीलाई अन्तिम रूप दिनेछ ।

 

बिदाइ कार्यक्रममा क्यानका सचिव पारस खड्काले टोलीले अघिल्लो युरोप भ्रमणमा जस्तै उत्कृष्ट प्रदर्शन दोहोर्‍याउने विश्वास व्यक्त गरे । उनले पछिल्लो समय नेपाली टोलीले देखाएको आत्मविश्वास र प्रदर्शनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

 

टोलीका कप्तान रोहित पौडेलले अभ्यास सन्तोषजनक रहेको र खेलाडीहरू शारीरिक तथा मानसिक रूपमा प्रतियोगिताका लागि तयार रहेको बताए । उनले पछिल्लो सातादेखि टोलीले विशेष रूपमा फिटनेस र खेल रणनीतिमा ध्यान केन्द्रित गरेको जानकारी दिए ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार