केप भर्डेमाथि संघर्षपूर्ण जित निकाल्दै अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा
२०८३ अषाढ़ २० शनिवार
- साविक विजेता अर्जेन्टिनाले केप भर्डेमाथि कठिन संघर्षपूर्ण जित निकाल्दै विश्वकप फुटबलको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।
काठमाण्डौ, २० अषाढ़ । साविक विजेता अर्जेन्टिनाले केप भर्डेमाथि कठिन संघर्षपूर्ण जित निकाल्दै विश्वकप फुटबलको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । मियामीमा सम्पन्न अन्तिम ३२ को खेलमा अर्जेन्टिनाले अतिरिक्त समयसम्म लम्बिएको प्रतिस्पर्धामा केप भर्डेलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
निर्णायक गोल अतिरिक्त समयको १११औँ मिनेटमा भयो । लियोनल मेसीले प्रहार गरेको सेटपिसमा क्रिस्टियन रोमेरोसँग हवाई प्रतिस्पर्धा गर्ने क्रममा केप भर्डेका डिने बोर्जेसबाट आत्मघाती गोल भएपछि अर्जेन्टिनाले जित सुनिश्चित गरेको हो । खेलको २९औँ मिनेटमा लिसान्द्रो मार्टिनेजको पासलाई बायाँ खुट्टाको बाहिरी भागले उत्कृष्ट नियन्त्रण गर्दै मेसीले गोलरक्षक भोजिन्हालाई छलाएर अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । योसँगै मेसी विश्वकपमा लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । तर केप भर्डेले ५९औँ मिनेटमा बराबरी गोल फर्कायो । डेरोय डुआर्टेको शक्तिशाली तल्लो प्रहार अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजलाई पराजित गर्दै जालीमा पुगेपछि खेल १-१ को बराबरीमा पुगेको थियो ।
निर्धारित समयभर अर्जेन्टिनाले लगातार दबाब बनाए पनि ४० वर्षीय केप भर्डेली गोलरक्षक भोजिन्हाले उत्कृष्ट प्रदर्शन गरे । उनले मेसीका केही आकर्षक प्रहार तथा फ्रिकिक बचाउँदै टोलीलाई खेलमा कायम राखे । अतिरिक्त समयको सुरुआतमै मेसीको कर्नरमा लिसान्द्रो मार्टिनेजले शक्तिशाली प्रहार गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए । तर १०३औँ मिनेटमा सिड्नी लोपेस काब्रालले बायाँतर्फबाट भित्र छिर्दै उत्कृष्ट घुमाउरो प्रहारमार्फत फेरि बराबरी गोल गर्दै खेललाई रोमाञ्चक बनाएका थिए । खेल पेनाल्टी सुटआउटतर्फ जाने संकेत देखिएको अवस्थामा अर्जेन्टिनाले १११औँ मिनेटमा भाग्यशाली निर्णायक गोल पायो । मेसीको सेटपिस क्लियर गर्ने प्रयासमा डिने बोर्जेसबाट आफ्नै पोस्टमा गोल भएपछि अर्जेन्टिनाले ३-२ को अग्रता लियो । अन्तिम समयमा केप भर्डेले फेरि बराबरी गर्ने प्रयास गरे पनि अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले लगातार दुई उत्कृष्ट बचाउ गर्दै टोलीको जित जोगाए ।
यस जितसँगै अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ भने पहिलो पटक नकआउट चरण खेलेको केप भर्डेको ऐतिहासिक यात्रा अन्त्य भएको छ । अब अर्जेन्टिनाले अन्तिम १६ मा इजिप्टको सामना गर्ने छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधानमन्त्री कार्यालयले भन्यो- चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्छौं
-
करदाता प्रोत्साहन उपहार घोषणा, पर्साका साहले जिते १० लाखको बम्पर पुरस्कार
-
जलवायु न्यायलाई व्यवहारमा उतार्न विश्व समुदायलाई मन्त्री खनालको आग्रह
-
राष्ट्र बैंकले एक महिनाका लागि १८ अर्बको निक्षेप संकलन गर्दै
-
ओमानमा विश्वकप लिग- २ को सिरिज खेल्ने नेपाली टिमको घोषणा
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।