- कुनै विपद्जन्य घटना वा आपत्कालीन अवस्था सिर्जना भएमा नजिकको सुरक्षा निकाय, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहेको आपत्कालीन कार्य सञ्चालन केन्द्रको निःशुल्क टेलिफोन नम्बर ११४९ मा तत्काल जानकारी गराउन प्रशासनले आग्रह गरेको छ ।
हेटौंडा: जिल्ला प्रशासन कार्यालय मकवानपुरले कान्तिलोकपथअन्तर्गत हेटौंडा–काठमाडौं सडकखण्डमा रातिमा यात्रा नगर्न आग्रह गरेको छ ।
प्रशासनले असार १६ गते बेलुका ५ बजेदेखि असार १७ गते बिहान ५ बजेसम्म तथा असार १७ गते बेलुका ५ बजेदेखि असार १८ गते बिहान ५ बजेसम्म कान्तिलोकपथअन्तर्गत हेटौंडा–काठमाडौं सडकखण्डमा कुनै पनि प्रकारको यात्रा नगर्न र नगराउन अनुरोध गरेको हो ।
असार १६ र १७ गते अत्यावश्यक कामबाहेक यात्रा नगर्न, ताल, नदी, खोला तथा अन्य जलाशयमा माछा मार्ने, पौडी खेल्ने, डुङ्गा सञ्चालन गर्ने, नदी तर्ने लगायतका जोखिमयुक्त गतिविधिबाट टाढा रहन समेत प्रशासनले आग्रह गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाअनुसार असार १६ र १७ गते देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ । यसका कारण पहाडी तथा हिमाली क्षेत्रमा पहिरो, गेग्रान बहाव, सडक अवरोध, बाढी तथा नदीको जलसतह बढ्न सक्ने जोखिम रहेको प्रशासनले जनाएको छ ।
प्रशासनले पहिरो, बाढी तथा डुबानको जोखिम रहेका क्षेत्र, नदी किनार र भिरालो स्थानमा अनावश्यक आवतजावत नगर्न तथा मौसम र सडक अवस्थासम्बन्धी आधिकारिक सूचना तथा सुरक्षा निकायबाट जारी हुने निर्देशनको पालना गर्न पनि अनुरोध गरेको छ ।
कुनै विपद्जन्य घटना वा आपत्कालीन अवस्था सिर्जना भएमा नजिकको सुरक्षा निकाय, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहेको आपत्कालीन कार्य सञ्चालन केन्द्रको निःशुल्क टेलिफोन नम्बर ११४९ मा तत्काल जानकारी गराउन प्रशासनले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले वर्षा र जोखिमको अवस्थाको मूल्याङ्कनका आधारमा जिल्लाभित्रका कुनै पनि सडकमा सुरक्षाकर्मीले निश्चित समयका लागि आवागमन रोक्न सक्ने भएकाले त्यसमा सर्वसाधारणको सहयोग र समन्वय आवश्यक रहेको जनाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।