- गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै उक्त दिन सार्वजनिक बिदा हुने जानकारी दिएको हो ।
काठमाडौं: सरकारले छठ पर्वको भोलिपल्ट अर्थात् कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै उक्त दिन सार्वजनिक बिदा हुने जानकारी दिएको हो ।
यसअघि सरकारले कात्तिक २९ गते आइतबार छठ पर्वका अवसरमा सार्वजनिक बिदा घोषणा गरेको थियो । छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन गर्ने धार्मिक परम्परा रहेकाले थप एक दिन बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनाअनुसार अब छठ पर्वका अवसरमा कात्तिक २९ र ३० गते आइतबार र सोमबार लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
दानबहादुर कार्की लक्षित अनुसन्धानमा अख्तियार सक्रिय, निर्वाचन प्रहरीको पोशाक ठेकेदारसँग पुनः बयान
-
सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए शपथ
-
कोशीका ४१ पालिकामा रास्वपाबाट वडाध्यक्षका उम्मेदवार बन्नै कोही तयार भएनन्
-
नक्कली शैक्षिक प्रमाणपत्र भएका शिक्षकविरुद्ध मुद्दा दायर
-
अमेरिकाको ‘प्याक्स सिलिका’ र चीनको ‘वाइको’ बीचको एआई प्रतिस्पर्धामा नेपाल : सौरभराज पन्त
धेरै पढिएको
विशेष
आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?
तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।