विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिटको आज सुनुवाई हुँदै
२०८३ अषाढ़ १६ मङ्गलवार
- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिटको आज सुनुवाई हुँदै छ ।
काठमाण्डौ, १६ अषाढ़ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिटको आज सुनुवाई हुँदै छ ।
यो रिटको सर्वोच्चका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासमा आज पेसी तोकिएको छ ।
यसअघि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले पौडेललाई पक्राउ गर्नुको कारण पेश गर्न आदेश दिएको हो । आजको इजलासले पौडेललाई रिहा गर्नु पर्ने नपर्ने भन्ने बारे आदेश दिन सक्ने बताइएको छ ।
गत बुधबार सर्वोच्च अदालतमा पौडेलकी पत्नीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । रिटमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण विभाग, जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई विपक्षी बनाइएको थियो ।
पौडेललाई विशेष अदालतले शुरुमा ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएकोमा सोमबार तीन दिन म्याद थप गरेको छ ।
पौडेललाई सम्पत्ति शुद्धिकरण मुद्धामा असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एनआरएनए अमेरिकाले परराष्ट्रमन्त्री खनाललाई बुझायो १७ बुँदे सुझाव
-
राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
-
शिक्षामन्त्री पोखरेलसँग रसियाली राजदूत भ्लादिमेरोभिकको शिष्टाचार भेट
-
चोलेन्द्र पक्राउ प्रकरणमा मानव अधिकार आयोगले एसएसपीलाई बोलायो
-
नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ३८ करोडको कारोबार
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।