कोशीका ४१ पालिकामा रास्वपाबाट वडाध्यक्षका उम्मेदवार बन्नै कोही तयार भएनन्
२७ कार्तिक, २०८३
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न सुरु गरेको ‘क्यान्डिडेट क्लब’ अभियानअन्तर्गत कोशी प्रदेशका ४१ स्थानीय तहमा वडाध्यक्ष बन्न कसैले पनि आवेदन दिएका छैनन्।
विराटनगर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न सुरु गरेको ‘क्यान्डिडेट क्लब’ अभियानअन्तर्गत कोशी प्रदेशका ४१ स्थानीय तहमा वडाध्यक्ष बन्न कसैले पनि आवेदन दिएका छैनन्।
कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये करिब ३० प्रतिशत पालिकामा वडाध्यक्ष पदका लागि एउटै आवेदन नपर्नुले पार्टीको तल्लो तहको नेतृत्वमा आकर्षण कमजोर देखिएको छ। अर्कोतर्फ, मेयर, उपमेयर तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा भने आकांक्षीहरूको संख्या उल्लेख्य रहेको बताइएको छ।
नेपाल प्रेसलाई प्राप्त रास्वपाको आधिकारिक विवरणअनुसार ताप्लेजुङ, खोटाङ, इलाम, पाँचथर, सङ्खुवासभा, भोजपुर, धनकुटा, सोलुखुम्बु, तेह्रथुम र उदयपुरका विभिन्न ४१ पालिकामा वडाध्यक्ष बन्न अहिलेसम्म कसैले नाम दर्ता गराएका छैनन्।
ताप्लेजुङको फुङलिङ नगरपालिका र आठराई त्रिवेणी, मैवाखोला, मेरिङ्देन, फक्ताङलुङ, सिरिजङ्घा तथा पाथीभरा याङवरक गाउँपालिकामा वडाध्यक्षका आकांक्षी शून्य छन्। खोटाङका हलेसी तुवाचुङ नगरपालिका र अन्य छ गाउँपालिकामा पनि आवेदन परेको छैन।
त्यस्तै इलाम, पाँचथर र सङ्खुवासभाका विभिन्न नगरपालिका तथा गाउँपालिकामा समेत वडाध्यक्षका लागि उम्मेदवारी दिने आकांक्षी देखिएका छैनन्। भोजपुर, धनकुटा, सोलुखुम्बु, तेह्रथुम र उदयपुरका केही पालिकामा पनि यही अवस्था छ।
रास्वपा सभापति रवि लामिछानेले समेत केही दिनअघि चितवनमा वडाध्यक्ष पदमा उम्मेदवार बन्ने व्यक्तिको अभाव देखिएको भन्दै व्यङ्ग्यात्मक रूपमा ‘राजीनामा दिएर वडाध्यक्षमा लड्न आउनुपर्ला जस्तो छ’ भनेका थिए।
९६ पालिकाबाट १ हजार ८२ आवेदन
कोशीका बाँकी ९६ पालिकामा भने वडाध्यक्षको उम्मेदवार बन्न १ हजार ८२ जनाले क्यान्डिडेट क्लबमा नाम दर्ता गराएका छन्। यसमा तराईका जिल्लामा तुलनात्मक रूपमा बढी आकर्षण देखिएको छ।
जिल्लागत रूपमा मोरङ सबैभन्दा अगाडि छ। मोरङका १७ पालिकाबाट ३२५ जनाले आवेदन दिएका छन्। धनपालथानमा ३८ र कटहरीमा ३२ जनाले नाम दर्ता गराएका छन्।
त्यस्तै सुनसरीका १२ पालिकाबाट २६९, झापाका १५ पालिकाबाट २३६ र उदयपुरका सात पालिकाबाट १२९ जनाले आवेदन दिएका छन्।
एकल पालिकाको हिसाबले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सबैभन्दा बढी ४७ जनाले वडाध्यक्ष बन्न आवेदन दिएका छन्। उदयपुरको त्रियुगा नगरपालिकामा पनि ३९ जनाको आवेदन परेको छ।
रास्वपाले क्यान्डिडेट क्लबमा नाम दर्ता गराएकाहरूमध्येबाटै आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने जनाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
दानबहादुर कार्की लक्षित अनुसन्धानमा अख्तियार सक्रिय, निर्वाचन प्रहरीको पोशाक ठेकेदारसँग पुनः बयान
-
सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए शपथ
-
कोशीका ४१ पालिकामा रास्वपाबाट वडाध्यक्षका उम्मेदवार बन्नै कोही तयार भएनन्
-
नक्कली शैक्षिक प्रमाणपत्र भएका शिक्षकविरुद्ध मुद्दा दायर
-
अमेरिकाको ‘प्याक्स सिलिका’ र चीनको ‘वाइको’ बीचको एआई प्रतिस्पर्धामा नेपाल : सौरभराज पन्त
धेरै पढिएको
विशेष
आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?
तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।