भिमफेदी दुर्घटनाका मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार गर्ने सरकारको निर्णय
२७ कार्तिक, २०८३
- मकवानपुरको भिमफेदी गाउँपालिका–६,चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने जनाएको छ ।
काठमाडौं : मकवानपुरको भिमफेदी गाउँपालिका–६,चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने जनाएको छ ।
छठ पर्व मनाउन घर जाने क्रममा भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका छन् । काठमाडौं–सर्लाही रुटमा सञ्चालन भएको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको सवारीसाधन अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको थियो। दुर्घटनामा मृत्यु हुनेमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४,सुन्दरपुरका र एक जना चालक कविलासी नगरपालिकाका बासिन्दा रहेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दुर्घटनामा घाइते भएकाहरूको उपचारलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । घाइतेको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई आवश्यक निर्देशन दिइसकिएको छ । घाइतेमध्ये तीनजना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकी तीनजनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै,सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित बिमा कानुनअनुसार घाइतेको उपचार खर्च र मृतकका परिवारले पाउने क्षतिपूर्ति तथा बिमा रकम यथाशीघ्र उपलब्ध गराउन प्रक्रिया अघि बढाइएको सरकारले जनाएको छ । यसका लागि सम्बन्धित सवारीधनी,यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
दुर्घटनाको वास्तविक कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन तयार गर्न मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न समयसीमा तोकिएको छ ।
सरकारले दुर्घटनाका पीडित परिवारलाई आवश्यक सहयोग तथा सहजीकरण गर्ने प्रतिबद्धता जनाउँदै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै,उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
दानबहादुर कार्की लक्षित अनुसन्धानमा अख्तियार सक्रिय, निर्वाचन प्रहरीको पोशाक ठेकेदारसँग पुनः बयान
-
सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए शपथ
-
कोशीका ४१ पालिकामा रास्वपाबाट वडाध्यक्षका उम्मेदवार बन्नै कोही तयार भएनन्
-
नक्कली शैक्षिक प्रमाणपत्र भएका शिक्षकविरुद्ध मुद्दा दायर
-
अमेरिकाको ‘प्याक्स सिलिका’ र चीनको ‘वाइको’ बीचको एआई प्रतिस्पर्धामा नेपाल : सौरभराज पन्त
धेरै पढिएको
विशेष
आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?
तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।