बच्चा लिएर युरोपेली सङ्घका जलवायु मन्त्रीहरूको बैठकमा सहभागी स्विडिस मन्त्री चर्चामा

२०८३ असार १४ आइतवार
सारांश
  • उनका अनुसार आमा बन्नु भनेको कुनै महिलाको व्यावसायिक यात्रा रोकिनु होइन भन्ने सन्देश दिनका लागि उनले छोरालाई बैठकमा सँगै ल्याएको बताएकी छन् ।

काठमाण्डौ, १४ अषाढ़ । स्विडेनकी जलवायु मन्त्री रोमिना पोरमोख्तारी आफ्नो तीन महिनाका छोरा एडमलाई काखमा बोकेर युरोपेली सङ्घका जलवायु मन्त्रीहरूको बैठकमा सहभागी भएपछि उनको तस्बिर र भिडियो विश्वभर चर्चाको विषय बनेको छ ।

 

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उनी छोरालाई काखमा लिएर बैठकमा सहभागी हुँदै आफ्ना धारणा राखिरहेको देखिन्छ । युरोपेली सङ्घको मन्त्रीस्तरीय बैठकमा यति सानो शिशुको सहभागिता भएको यो पहिलो घटना मानिएको छ ।

 

३० वर्षीया पोरमोख्तारीले आफूले यस्तो कदम जानाजानी चालेको बताएकी छन् । उनका अनुसार आमा बन्नु भनेको कुनै महिलाको व्यावसायिक यात्रा रोकिनु होइन भन्ने सन्देश दिनका लागि उनले छोरालाई बैठकमा सँगै ल्याएको बताएकी छन् ।

 

उनले महिलालाई परिवार र पेशामध्ये कुनै एक रोज्न बाध्य पारिनु नहुने बताइन् । अनुकूल वातावरण र आवश्यक सहयोग भए परिवार र सार्वजनिक जिम्मेवारी दुवैलाई सँगसँगै अघि बढाउन सकिने उनको भनाइ छ ।

 

पोरमोख्तारीका अनुसार राजनीतिक नेतृत्वमा रहेका महिलामाथि विशेषगरी परिवार र काममध्ये एकलाई मात्र प्राथमिकता दिनुपर्ने धारणा थोपर्ने गरिन्छ । आफू भने यस्तो सोचसँग सहमत नरहेको उनले स्पष्ट पारिन् । उनले कार्यस्थल र सरकारी संस्थाहरूलाई पनि अझ लचिलो बनाउनुपर्ने आवश्यकता औँल्याइन् । यसो भए अभिभावकहरूले पारिवारिक जिम्मेवारी पूरा गर्दै सार्वजनिक दायित्व पनि प्रभावकारी रूपमा निर्वाह गर्न सक्ने उनको विश्वास छ ।

 

पोरमोख्तारी हालै मातृत्व बिदाबाट काममा फर्किएकी हुन् । उनका पति भने सेप्टेम्बरमा हुने निर्वाचनसम्म बिदामा रहेकाले छोराको हेरचाहका लागि उनीसँगै लक्जेम्बर्ग पुगेका थिए ।

 

इरानी मूलको परिवारमा स्टकहोमको उपनगरीय क्षेत्रमा जन्मिएकी पोरमोख्तारी सन् २०२२ मा मन्त्री नियुक्त हुँदा स्विडेनकै सबैभन्दा कम उमेरकी मन्त्री बनेकी थिइन् । कम उमेरमा यो जिम्मेवारी सम्हाल्दै उनले यसअघिको कीर्तिमानसमेत तोडेकी थिइन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार