भेनेजुएलाको भूकम्पमा स्पेनका २ नागरिकको मृत्यु, ८० सम्पर्कविहीन

१२ आषाढ़, २०८३, शुक्रवार
सारांश
  • त्यसैगरी, भूकम्पपछि स्पेनका ८० नागरिक अझै सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ । उनीहरूको खोजी कार्य जारी रहेको र सम्बन्धित निकायले अवस्थाको निरन्तर अनुगमन गरिरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

काठमाडौँ: भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा परी स्पेनका दुई नागरिकको मृत्यु भएको छ । स्पेनको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै दुवैको मृत्यु भएको पुष्टि गरेको हो ।

 

मन्त्रालयले जारी गरेको वक्तव्यमा मृतकहरूको परिवारले उनीहरूको पहिचान गरिसकेको उल्लेख गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

 

त्यसैगरी, भूकम्पपछि स्पेनका ८० नागरिक अझै सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ । उनीहरूको खोजी कार्य जारी रहेको र सम्बन्धित निकायले अवस्थाको निरन्तर अनुगमन गरिरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र पारिएको छ । विभिन्न देशका नागरिकहरू प्रभावित भएकाले सम्बन्धित मुलुकहरूले आफ्ना नागरिकको खोजी, उद्धार र सुरक्षित स्थानान्तरणका लागि स्थानीय अधिकारीहरूसँग समन्वय गरिरहेका छन् ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार