- उनले नागरिकले ट्राफिक नियम उल्लंघन गर्दा एक लाख रुपैयाँसम्म जरिवाना तिर्न सक्छन् भने राज्यले गल्ति गरे कारवाही गर्ने की नगर्ने भन्ने प्रश्न गरेका छन् ।
काठमाण्डौ, १४ अषाढ़ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सवारी नियम उल्लंघन गर्नेलाई ठुलो रकम जरिवाना गर्न लागिएको कानुन बनाउन खोजिएकोप्रति टिप्पणी गर्दै राज्यले गल्ति गरे कारवाही गर्नेकी नगर्ने भन्ने प्रश्न गरेका छन् ।
आइतवारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई कडा कानुनी सजाय गर्ने कानुन बनाउन लागिएको भन्दै सडक पूर्वाधार निर्माणमा कमजोरी गर्नेलाई पनि कडा कानूनी दायरामा ल्याउनु पर्ने बताएका हुन् ।
उनले नागरिकले ट्राफिक नियम उल्लंघन गर्दा एक लाख रुपैयाँसम्म जरिवाना तिर्न सक्छन् भने राज्यले गल्ति गरे कारवाही गर्ने की नगर्ने भन्ने प्रश्न गरेका छन् ।
शाहीले बाटोमा खाल्डो मात्र भेटियो भने एक लाख जरिवाना राज्यले तिर्ने, ट्राफिक बत्ती बिग्रेको अवस्था बनाएन भने एक लाख तिर्ने, ट्राफिक प्रहरीले रुखो व्यवहार गरेमा पचास हजार तिर्ने, राति सडकमा बत्ती बिग्रिएमा पचास हजार तिर्नुपर्ने कानून ल्याउन प्रस्ताव गरेका छन् । उनले कानून जनता र सरकार मिलेर सहकार्यमा बनाउनु पर्ने बताउदै आम नागरिकसंगै राज्यलाई समेत उतरदायी बनाउने कानून ल्याए संसदबाट पास गर्न सहयोग गर्ने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
सुपर कम्युटरको दौडमा अमेरिकालाई चीनले उछिन्यो
-
विश्वकपमा मेसी, एम्बाप्पे र हालाण्ड चम्किदा रोनाल्डो चुके !
-
मेस्सीको जादुमयी ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
-
मस्कको न्युरालिंकलाई पछि पार्दै चीनमा मस्तिष्क चिप ‘निओ’ लाई व्यावसायिक अनुमति
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।