- अमेरिकी सेनाले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा इरानको निरन्तर आक्रामक गतिविधिको प्रत्यक्ष जवाफस्वरूप नयाँ सैन्य कारबाही गरिएको जनाएको छ।
काठमाण्डौ, १४ अषाढ़ । अमेरिकाले इरानमाथि थप हवाई आक्रमण गरेको छ । अमेरिकी सेनाले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा इरानको निरन्तर आक्रामक गतिविधिको प्रत्यक्ष जवाफस्वरूप नयाँ सैन्य कारबाही गरिएको जनाएको छ।
अमेरिकी केन्द्रीय कमान्डका अनुसार आक्रमणमा इरानका सैन्य निगरानी संरचना, सञ्चार प्रणाली, हवाई प्रतिरक्षा केन्द्र, ड्रोन भण्डारण स्थल तथा समुद्री सुरुङ बिछ्याउने क्षमता भएका सैन्य पूर्वाधारलाई निशाना बनाइएको थियो । यो नयाँ आक्रमण बिहीबार होर्मुज जलडमरूमध्य नजिकै एक व्यापारिक जहाजमाथि इरानले गरेको आक्रमणपछि भएको हो । त्यसको प्रतिक्रियास्वरूप अमेरिकाले शुक्रबार पनि सोही क्षेत्र वरपर इरानी सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको थियो ।
अमेरिकी केन्द्रीय कमान्डले शुक्रबारको कारबाहीपछि इरानलाई युद्धविरामको पालना गर्ने अवसर दिइएको दाबी गरेको छ । तर इरानी सेनाले त्यसको सट्टा शनिबार बिहान एकतर्फी आक्रमण गर्ने ड्रोन प्रयोग गरी ‘एमटी किकु’ नामक तेल ट्यांकरमा प्रहार गरेको आरोप अमेरिकाले लगाएको छ ।
अमेरिकी सेनाले पछिल्ला घटनाक्रमका बीच पनि होर्मुज जलडमरूमध्यबाट अन्तर्राष्ट्रिय व्यापारिक जहाजहरूको आवागमन भने निरन्तर जारी रहेको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनको व्यापार बचत १० खर्ब डलर नाघ्यो, निर्यातमा नयाँ कीर्तिमान
-
एनभिडिया प्रमुख हुआङको सम्पत्तिमा एकैदिन ७ अर्ब ४० करोड डलरले घट्यो
-
शेख हसिनालाई नयाँ राहदानी नदिने बङ्गलादेशको निर्णय
-
ट्रम्पले इरानमाथि पुनः आक्रमण गर्ने धम्कीबाट पछि हटेपछि तेलको मूल्य प्रतिब्यारेल ९० डलरभन्दा तल
-
एनभिडिया प्रमुख हुआङको प्रेम सम्बन्ध अनुसन्धान गर्दै एफबीआई
धेरै पढिएको
विशेष
आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?
तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।