भेनेजुएलामा २४ देशका दुई हजार ७४१ जना उद्धारकर्मी परिचालन
२०८३ असार १४ आइतवार
- भेनेजुएलामा दुई शक्तिशाली भूकम्पपछि उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन २४ देशले सहयोग पठाएका छन् ।
एजेन्सी, १४ अषाढ़ । भेनेजुएलामा दुई शक्तिशाली भूकम्पपछि उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन २४ देशले सहयोग पठाएका छन् ।
कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले विभिन्न देशबाट दुई हजार ७४१ जना उद्धारकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको जानकारी दिएकी छन् । उनले विदेशी उद्धार टोलीहरू भेनेजुएलाका उद्धारकर्मीसँग समन्वय गरेर संयुक्त रूपमा खोज तथा उद्धार अभियानमा खटिइसकेको बताएकी छन् ।
यसअघि राष्ट्रिय सभाका अध्यक्ष होर्खे रोड्रिगेजले २१ देशबाट दुई हजार २४२ जना उद्धारकर्मी भेनेजुएला पुगेको जानकारी दिएका थिए । पछिल्लो विवरणअनुसार सहयोग गर्ने देश र उद्धारकर्मी दुवैको संख्या बढेको छ ।
यसैबीच, भूकम्पमा ज्यान गुमाउनेको संख्या बढेर कम्तीमा १४३० पुगेको छ। राष्ट्रिय सभाका अध्यक्ष रोड्रिगेजका अनुसार तीन हजार २३८ जना घाइते भएका छन् भने तीन हजार १४२ परिवार घरविहीन बनेका छन् ।
उनले बुधबार आएका दुई मुख्य भूकम्पपछि हालसम्म चार सय ३० भन्दा बढी पराकम्प गएको पनि बताएका छन्। लगातारका पराकम्पका कारण उद्धार कार्य अझै चुनौतीपूर्ण बनेको छ भने प्रभावित क्षेत्रमा जोखिम कायम रहेको अधिकारीहरूले जनाएका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।