इरानले आफ्नो व्यवहार नसुधारे अस्तित्व नै संकटमा पर्ने ट्रम्पको चेतावनी
२०८३ असार १४ आइतवार
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो व्यवहार नसुधारे अस्तित्व नै संकटमा पर्ने चेतावनी दिएका छन् ।
काठमाण्डौ, १४ अषाढ़ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो व्यवहार नसुधारे अस्तित्व नै संकटमा पर्ने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले इरान कहिल्यै नसुध्रिने जस्तो देखिएको बताएका छन् । उनले अमेरिका अब धेरै समयसम्म संयम अपनाउन नसक्ने उल्लेख गर्दै आवश्यक परे पहिले सुरु गरिएको सैन्य अभियानलाई पूर्ण रूपमा अघि बढाइने चेतावनी दिएका छन् ।
ट्रम्पले त्यसो गर्नुपरे इरानको अस्तित्व नै समाप्त हुन सक्ने दाबी गरेका छन् । यता अमेरिकी केन्द्रीय कमान्डले अमेरिकी नौसेनाले इरानका १० वटा सैन्य ठेगानामा आक्रमण गरेको जनाएको छ । ती आक्रमण होर्मुज जलडमरूमध्य नजिक रहेका इरानी सैन्य संरचनालाई लक्षित गरी गरिएको अमेरिकी पक्षको भनाइ छ ।
अमेरिकाका अनुसार ‘एमटी किकु’ नामको तेल ट्याङ्करमाथि इरानी ड्रोनबाट भएको आक्रमणको जवाफस्वरूप यो सैन्य कारबाही गरिएको हो ।
उता इरानको इस्लामिक क्रान्तिकारी गार्डले भने कुवेतस्थित अली अल सलेम हवाई अड्डा र बहराइनमा रहेको अमेरिकी नौसैनिक पाँचौँ बेडाको अड्डामाथि क्षेप्यास्त्र र ड्रोनमार्फत आक्रमण गरेको दाबी गरेको छ ।
यसैबीच इरानको परराष्ट्र मन्त्रालयले देशको दक्षिणी तटीय क्षेत्रमा हालै भएका अमेरिकी हवाई आक्रमणको कडा निन्दा गरेको छ । मन्त्रालयले ती आक्रमणलाई क्रूर भन्दै तेहरान र वासिङ्टनबीच भएको समझदारीअनुसार लागू युद्धविरामको उल्लङ्घन भएको आरोप लगाएको छ ।
इरानी परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा अमेरिकी सरकारले आफ्ना वाचा र प्रतिबद्धताको सम्मान नगर्ने तथा सम्झौता तोड्नु नै उसको नीतिको हिस्सा भएको आरोप पनि लगाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
सुपर कम्युटरको दौडमा अमेरिकालाई चीनले उछिन्यो
-
विश्वकपमा मेसी, एम्बाप्पे र हालाण्ड चम्किदा रोनाल्डो चुके !
-
मेस्सीको जादुमयी ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
-
मस्कको न्युरालिंकलाई पछि पार्दै चीनमा मस्तिष्क चिप ‘निओ’ लाई व्यावसायिक अनुमति
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।