- साह सोमबार साँझ हाजिर जमानीमा रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
काठमाण्डौ, ०२ अषाढ़ । सेफ सन्तोष साह हाजिर जमानीमा रिहा भएका छन् । साह सोमबार साँझ हाजिर जमानीमा रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । साहले चार लाख ५० हजार रुपैयाँ बिगो रकम बुझाएर रिहा भएका हुन् ।
साहलाई ठगी सम्बन्धी कसुर मुद्दामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार जनकपुरबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो । सकुन्तला अधिकारीको जाहेरीको आधारमा उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले पक्राउ गरेको थियो । अधिकारीले गैरीधारास्थित एक रेस्टुरेन्ट खरिद गर्दा पूरा रकम भुक्तानी नगरेको भन्दै जाहेरी दिएकी थिइन् ।
साहविरुद्ध बैकिङ कसुरको अर्को मुद्दामा काठमाडौं जिल्ला अदालतले २०८२ जेठ ३० गते २५ लाख बिगो भएको मुद्दामा एक महिना कैद र एक लाख २५ हजार रुपैयाँ जरिवाना तोकेको समेत खुलेको छ । सो कसुरमा अदालतमा हाजिर हुन जाने म्याद बाँकी रहेकोले उनलाई हाल छोडिएको प्रहरीले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ
-
संस्थापन पक्षको आव्हान देउवा समुहबाट अस्वीकार, असोज १५ देखि महाधिवेशन प्रक्रिया शुरु गर्ने
-
बाढीपीडित तथा संरक्षण आवश्यक बालबालिकाका लागि ‘स्याहार योजना’ कार्यान्वयन
-
जोन्सनसहितका युरेपेली नेताहरुले छोडेको केहि समयमै युक्रेनमा रेलमाथि रुसी ड्रोन आक्रमण
-
चिलिमे सुरुङमा उद्धारको काम तीव्र, आजै गन्तव्यमा पुग्ने लक्ष्य
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।