हाजिर जमानीमा रिहा सेफ सन्तोष साह

२०८३ असार ०२ मङ्गलवार
सारांश
  • साह सोमबार साँझ हाजिर जमानीमा रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

काठमाण्डौ, ०२ अषाढ़ । सेफ सन्तोष साह हाजिर जमानीमा रिहा भएका छन् । साह सोमबार साँझ हाजिर जमानीमा रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । साहले चार लाख ५० हजार रुपैयाँ बिगो रकम बुझाएर रिहा भएका हुन् ।

 

साहलाई ठगी सम्बन्धी कसुर मुद्दामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार जनकपुरबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो । सकुन्तला अधिकारीको जाहेरीको आधारमा उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले पक्राउ गरेको थियो । अधिकारीले गैरीधारास्थित एक रेस्टुरेन्ट खरिद गर्दा पूरा रकम भुक्तानी नगरेको भन्दै जाहेरी दिएकी थिइन् ।  

 

साहविरुद्ध बैकिङ कसुरको अर्को मुद्दामा काठमाडौं जिल्ला अदालतले २०८२ जेठ ३० गते २५ लाख बिगो भएको मुद्दामा एक महिना कैद र एक लाख २५ हजार रुपैयाँ जरिवाना तोकेको समेत खुलेको छ । सो कसुरमा अदालतमा हाजिर हुन जाने म्याद बाँकी रहेकोले उनलाई हाल छोडिएको प्रहरीले जानकारी दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार