ज्येष्ठ नागरिक दुर्व्यवहारविरुद्धको विश्व चेतना दिवस आज मनाइँदै
२०८३ अषाढ़ ०१ सोमवार
- आज १५ जुन अर्थात् ज्येष्ठ नागरिक दुर्व्यवहारविरुद्धको विश्व चेतना दिवस मनाइँदैछ ।
काठमाण्डौ, ०१ अषाढ़ । आज १५ जुन अर्थात् ज्येष्ठ नागरिक दुर्व्यवहारविरुद्धको विश्व चेतना दिवस मनाइँदैछ । यस वर्ष यो दिवसको विषयवस्तु 'जागरूकताभन्दा बाहिर: ज्येष्ठ नागरिक दुर्व्यवहार रोकथाम कार्य' भन्ने रहेको छ ।
जेष्ठ नागरिकमाथि हुने दुर्व्यवहार विरुद्धको रोकथाम गर्ने अन्तर्राष्ट्रिय सञ्जालले सन् २००६ देखि हरेक वर्ष जुन १५ तारिखलाई ज्येष्ठ नागरिक दुव्र्यवहार विरुद्धको विश्व चेतना दिवस विभिन्न कार्यक्रम गरेर मनाउन थालेको हो । नेपालले यो दिवस सन् २०१२ देखि मनाउन शुरु गरेको हो ।
विश्वमा लगभग सबै देश अनि महादेशहरुमा गएका सन् २०१५ देखि सन् २०३० सम्ममा अग्रज उमेर सुमहका मान्छेहरुको सख्याँमा वृद्धि आउने छ । बढ्दो स्वास्थ सेवामा पहुँच, जीवनको गुणस्तरमा बृद्धि लगायत अन्य जीवन रक्षक परिवेश र सुविधाले मान्छेको औसत आयू बढ्दै छ, यसका कारण अग्रज उमेर समुहका मान्छेहरुको सख्याँ वढ्दै छ अनि त्यससँगै बढिरहेको छ उनीहरुमाथि हुने दुर्व्यबहारका घटनाहरु । विश्व जनसख्याँको यो ठूलो हिस्सा बोकेका हिस्सालाई आदर अनि सम्मानका साथ व्यवहार गर्न नसकिने हो भने विश्वमा सकल मानव अधिकार र स्वतन्त्रताको सिद्धान्त नै गलत साबित हुने देखिन्छ ।
अग्रज दुव्र्यवहारका सिमाहरु शारीरीक कुटपीट देखि लामो समयसम्म हुने मानसिक आघातसम्म पनि हुन सक्दछ । अग्रजहरु माथि हुने यस्ता दुव्र्यवहारका विषयमा खासै अनुसन्धान या अध्ययन भएको पाँइदैन तर बृद्धबृद्धा भएपछि हामीले गर्ने व्यवहार अनि सम्वोधनले जानाजान या अन्जानमा पनि हामीले वहाँहरुलाई ठोस पूर्याइरहेका हुन्छौं । अझ सम्पती, अशंवण्डा, पेवा फाँट अनि जीवनीको सम्पतीका बिषयमा हुने झगडामा सबैभन्दा दुख्ख र कष्ट पनि अग्रज पुस्ताले नै बेहोर्दछन्, बृद्धबृद्धाप्रतिको बेथिति नेपाली समाजमा पनि कहाली लाग्दोछ । नेपाल जस्तो देश अनि निकटतम सामाजिक संरचनामा हामीहरु सबैले अग्रजप्रति देखाएको व्यवहारतर्फ संवेदनशील हुन जरुरी देखिन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कृष्णभीरबाट परीक्षणका रूपमा सवारीसाधन सञ्चालन
-
पशुपतिनाथमा तीजका दिन दर्शन गर्न पाँचवटा रुट तोकियो
-
प्रहरी वृत्त गौशालाको पुनर्निर्मित भवन उद्घाटन
-
रसुवा–भोटेकोशी बाढीको क्षति २ खर्ब ७४ अर्ब, पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब लाग्ने
-
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञसमेत सहभागी गराइने
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।