रास्वपा कोशी सभापतिमा पराजित भएपछि गोमा तामाङको राजनीति छोड्ने घोषणा
२८ जेठ, २०८३, बिहिवार
- रास्वपाको कोशी प्रदेशको सभापति चन्द्रबहादुर राई विजयी भएका छन् । राईले २८० मत प्राप्त गरेर विजयी भएका हुन् । त्यस्तै गोमा तामाङ सरिनले १४१ मत प्राप्त गरेकी छन् भने चन्द्रकुमार गौली निरजले २७ र डा. खगेन्द्र कटुवालले ४१ मत प्राप्त गरेका छन् ।
विराटनगर: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी प्रदेश अधिवेशनमा सभापतिमा पराजित भएपछि गोमा तामाङ ‘सरिन’ ले राजनीतिबाट बिट मारेको घोषणा गरेकी छन् ।
प्रदेश अधिवेशनमा भएको निर्वाचनको अन्तिम नतिजा नआउँदै सामाजिक सञ्जालबाट उनले राजनीतिबाट बिट मारेको घोषणा गरेकी हुन् । सरिनले भनेकी छन्- 'आजबाट राजनीतिक बिट मारेँ । मतदाता सम्पुर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।'
रास्वपाको कोशी प्रदेशको सभापति चन्द्रबहादुर राई विजयी भएका छन् । राईले २८० मत प्राप्त गरेर विजयी भएका हुन् । त्यस्तै गोमा तामाङ सरिनले १४१ मत प्राप्त गरेकी छन् भने चन्द्रकुमार गौली निरजले २७ र डा. खगेन्द्र कटुवालले ४१ मत प्राप्त गरेका छन् ।
सभापतिमा पराजित भएपछि सरिनले भनेकी छन्- 'आखिर माथिको ह्विप भन्दै हराएरै छड्यौ मानिय तृतीयज्युर केन्द्रिय सदस्यज्यु धन्यवाद तपाईं चौथाज्युहरुलाई सायद अनेक सेटिङ प्यानल बनाउन जानिन मैले यो कारण गुटबन्दीको घाउले पिरल्छ कोशीलाई भनेर तर यो मेरो सोझो सिधापन आज दुखाइ भो बैलाई । हजुरीको राजनीतिक गर्नै जानिन कमजोरी भो मेरो ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
एप्पलको सिरी एआईको नयाँ रूप सार्वजनिक, टिम कुकको बिदाइ
-
मेसीदेखि रोनाल्डोसम्म अन्तिम पटक विश्वकप खेल्दै यी खेलाडी
-
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।