अर्थमन्त्री डा. वाग्लेले संसदीय समितिमा झुट बोलेको ज्ञानेन्द्र शाहीको आरोप

२८ जेठ, २०८३, बिहिवार
सारांश
  • उनले महालेखा परीक्षकको रिपोर्ट उल्लेख गर्दै इभी गाडीहरुमा त्यसका क्षमतालाई तलमाथि गरेर मात्रै तातोपानी, कोरला र रसुवागढीबाट मात्रै दुई अर्ब ५० करोड ८३ लाख १६ हजार अघिल्लो सरकारले छुट दिएको र त्यसको छानविन गर्नुअपर्छ भन्ने विषय आफुहरुले उठाएको बताए ।

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदीय समितिमा गएर झुट बोलेको आरोप लगाएका छन् ।

 

विहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले करको विषयमा आफूहरुले संसदीय छानविन समितिको माग गरेको विषयमा अर्थमन्त्रीले संसदीय समितिमा झुटो बोलेको आरोप लगाउदै आफुहरुले अर्थमन्त्रीलाई काम गर्न दिनु हुँदैन भनेर नभनेको स्पष्ट गरेका छन् ।

 

उनले महालेखा परीक्षकको रिपोर्ट उल्लेख गर्दै इभी गाडीहरुमा त्यसका क्षमतालाई तलमाथि गरेर मात्रै तातोपानी, कोरला र रसुवागढीबाट मात्रै दुई अर्ब ५० करोड ८३ लाख १६ हजार अघिल्लो सरकारले छुट दिएको र त्यसको छानविन गर्नुअपर्छ भन्ने विषय आफुहरुले उठाएको बताए ।

 

उनले जेठ १ गतेदेखि १४ गतेसम्म ३ हजार सवारीसाधन नेपाल भित्रिएको बतौडिया गाडी २१ गते आए पनि भन्सार पास भने १४ गते भएको देखिएको बताउदै करको दर थाहा नभई ति गाडीहरु कसरी आए भन्ने प्रश्न गरेका छन् ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ आईफोनको दुई दशक लामो यात्रा

सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।

थप समाचार