मन्त्रालयको काम शून्यबाट शुरु गर्दैछौं- महावीर पुन

२८ जेठ, २०८३, बिहिवार
सारांश
  • मन्त्री पुनले पहिलो दिनमै विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी ऐन ल्याउन विधेयक तयार गर्ने निर्णय गरिएको जानकारी दिएका छन् । साथै मन्त्रालय सञ्चालनका लागि आवश्यक कर्मचारी संख्या, दरबन्दी र कार्यक्षेत्र निर्धारण गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने निर्णय पनि गरिएको उनले बताएका छन् ।

काठमाडौँ: विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मन्त्रालयको काम शून्य अवस्थाबाट सुरु गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

 

उनका अनुसार मन्त्रालय अन्य मन्त्रालय जस्तो पूर्वतयारी अवस्थामा नभएकाले सबै संरचना र कार्य प्रणाली नयाँ ढंगले निर्माण गर्नुपर्ने अवस्था छ ।

 

मन्त्री पुनले पहिलो दिनमै विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी ऐन ल्याउन विधेयक तयार गर्ने निर्णय गरिएको जानकारी दिएका छन् । साथै मन्त्रालय सञ्चालनका लागि आवश्यक कर्मचारी संख्या, दरबन्दी र कार्यक्षेत्र निर्धारण गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने निर्णय पनि गरिएको उनले बताएका छन् ।

 

त्यसैगरी विभिन्न मन्त्रालय अन्तर्गत छरिएर रहेका अनुसन्धान तथा नवप्रवर्तन सम्बन्धी गतिविधिलाई एकीकृत र प्रभावकारी रूपमा अगाडि बढाउने विषयमा तत्काल गहन छलफल सुरु गर्ने निर्णय गरिएको मन्त्री पुनले उल्लेख गरेका छन् ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ आईफोनको दुई दशक लामो यात्रा

सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।

थप समाचार