बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुदैन
२८ जेठ, २०८३, बिहिवार
- उनले भने- 'दक्षिण एशियामा कुनै देशनै छैन जहाँ ३२-३३ प्रतिशत जीडीपीको बजेट बनाइन्छ, यो आफैमा ठुलो फुकिएको बेलुन हो । फुकिएको बेलुन यो धेरै टिक्दैन, यो कार्यान्वयन हुदैन, अरुलाई विश्वास भएपनि मलाई विश्वास छैन ।'
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले आगामी आर्थिक बर्षको बजेटप्रति टिप्पणी गर्दै फुकेको बेलुनको संज्ञा दिएका छन् ।
बुधबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिदै सांसद सिंहले बजेटमा करिब ७ खर्बको घाटाको बजेट ल्याएको भन्दै यो हावा भरेको बजेट भएको टिप्पणी गरेका हुन् ।
उनले भने- 'दक्षिण एशियामा कुनै देशनै छैन जहाँ ३२-३३ प्रतिशत जीडीपीको बजेट बनाइन्छ, यो आफैमा ठुलो फुकिएको बेलुन हो । फुकिएको बेलुन यो धेरै टिक्दैन, यो कार्यान्वयन हुदैन, अरुलाई विश्वास भएपनि मलाई विश्वास छैन ।'
उनले बजेटबाट कति प्रतिशत जनता खुशी भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई यस्तो प्रश्न गरेका छन् ।
उनले संविधानले शिक्षा र स्वास्थ्य मौलिक हक भएको भन्दै त्यसमा कर लगाउने काम गरेको भन्दै बजेटको आलोचना गरेका छन् । सिंहले अर्थमन्त्री बुढानिलकण्ठको विद्यार्थी भएको भन्दै आफुले सात प्रदेशमा आवासीय विद्यालयको अवधारणा बजेटमा आउने अपेक्षा गरेपनि त्यस्तो कुनै कार्यक्रम नआएको टिप्पणी गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एमालेसँग एकताको सम्भावना छैन- प्रचण्ड
-
भिटामिन ए तथा जुकाको औषधि वितरण कात्तिक १७ र १८ गते सञ्चालन हुने
-
राष्ट्रिय जागरण अभियानमा सहभागी हुन नेपाली कम्युनिष्ट पार्टीको अपिल
-
इटलीमा महँगीविरुद्ध देशव्यापी प्रदर्शन, प्रमुख सहरमा हजारौँ सुरक्षाकर्मी परिचालन
-
जलवायु अनुकूलन कोषबाट नेपालका तीन परियोजना स्वीकृत
धेरै पढिएको
विशेष
आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिणजात्रा !
हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको एउटा अद्भुत सांस्कृतिक परम्परा हरिण जात्रा सुदुरको परिचय हो।