अर्थमन्त्रीको विद्धता चिनियाँ गाडीमा बसेर दुर्घटना भयो- पदमा अर्याल
२८ जेठ, २०८३, बिहिवार
- सुर्तिमा कर घटाएर विद्युत र शिक्षामा कर लगाएको आरोप लगाउदै इतिहासमा पहिलो पटक सुर्तीमा करका दर घटाइएको आरोप लगाएकी छन् । बजेटको यथार्थता खोक्रो भएको टिप्पणी गर्दै उनले कृषि, पर्यटन र उद्योग कुन क्षेत्रलाई बजेटले अगाडी ल्याउन खोजेको हो स्पष्ट नरहेको बताएकी छन् ।
काठमाडौँ: नेकपा एमालेकी नेतृ पदमा अर्यालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको विद्धता चिनियाँ गाडीमा बसेर दुर्घटना भएको टिप्पणी गरेकी छन् ।
प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिदै सांसद अर्यालले करका दर हेरफेर गरेको विषयमा अर्थमन्त्रीले अन्तरविरोधी भनाई राखेको आरोप लगाउदै नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएकी छन् ।
उनले भनिन्- 'अर्थमन्त्रीज्यू तपाइँको प्रकाण्ड विद्धता चिनियाँ गाडीमा बसेर दुर्घटना भयो, शायद हेर्ने बेला भयोकी मन्त्रीज्यू ।'
सुर्तिमा कर घटाएर विद्युत र शिक्षामा कर लगाएको आरोप लगाउदै इतिहासमा पहिलो पटक सुर्तीमा करका दर घटाइएको आरोप लगाएकी छन् । बजेटको यथार्थता खोक्रो भएको टिप्पणी गर्दै उनले कृषि, पर्यटन र उद्योग कुन क्षेत्रलाई बजेटले अगाडी ल्याउन खोजेको हो स्पष्ट नरहेको बताएकी छन् ।
बजेट तल्लो बर्गलाई तल नै राख्ने र माथिल्लो बर्गलाई झन् माथि लैजाने किसिमको रहेको बताउदै तल्लो बर्गका लागि ठोस कार्यक्रम नै नरहेको बताएकी छन् । उनले सिमित स्वार्थ समुहको प्रभावमा परेर मध्यरातमा करका दर हेरफेर गरेको आरोप लगाएकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
अर्थमन्त्री डा. वाग्लेले भारतमा दिएको अभिव्यक्तिले नेपालमा तरङ्ग
-
अमेरिकी सैन्य क्षेत्रमाथि कालो त्रिकोणीय वस्तु तिब्र गतिमा उडेको दाबी, अनुसन्धान हुँदै
-
चार वर्षमा तीन युद्ध लडेको इजरायलमा फेरि आमनिर्वाचन, नेतान्याहुको सत्ता दाउमा
-
विशेष हुँदैछ एनपीएलको तेस्रो संस्करण
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक ८ गते आइतबार
धेरै पढिएको
विशेष
आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिणजात्रा !
हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको एउटा अद्भुत सांस्कृतिक परम्परा हरिण जात्रा सुदुरको परिचय हो।