अर्थमन्त्रीको विद्धता चिनियाँ गाडीमा बसेर दुर्घटना भयो- पदमा अर्याल

२८ जेठ, २०८३, बिहिवार
सारांश
  • सुर्तिमा कर घटाएर विद्युत र शिक्षामा कर लगाएको आरोप लगाउदै इतिहासमा पहिलो पटक सुर्तीमा करका दर घटाइएको आरोप लगाएकी छन् ।  बजेटको यथार्थता खोक्रो भएको टिप्पणी गर्दै उनले कृषि, पर्यटन र उद्योग कुन क्षेत्रलाई बजेटले अगाडी ल्याउन खोजेको हो स्पष्ट नरहेको बताएकी छन् ।

काठमाडौँ: नेकपा एमालेकी नेतृ पदमा अर्यालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको विद्धता चिनियाँ गाडीमा बसेर दुर्घटना भएको टिप्पणी गरेकी छन् ।

 

प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिदै सांसद अर्यालले करका दर हेरफेर गरेको विषयमा अर्थमन्त्रीले अन्तरविरोधी भनाई राखेको आरोप लगाउदै नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएकी छन् । 

 

उनले भनिन्- 'अर्थमन्त्रीज्यू तपाइँको प्रकाण्ड विद्धता चिनियाँ गाडीमा बसेर दुर्घटना भयो, शायद हेर्ने बेला भयोकी मन्त्रीज्यू ।'  

 

सुर्तिमा कर घटाएर विद्युत र शिक्षामा कर लगाएको आरोप लगाउदै इतिहासमा पहिलो पटक सुर्तीमा करका दर घटाइएको आरोप लगाएकी छन् ।  बजेटको यथार्थता खोक्रो भएको टिप्पणी गर्दै उनले कृषि, पर्यटन र उद्योग कुन क्षेत्रलाई बजेटले अगाडी ल्याउन खोजेको हो स्पष्ट नरहेको बताएकी छन् ।

 

बजेट तल्लो बर्गलाई तल नै राख्ने र माथिल्लो बर्गलाई झन् माथि लैजाने किसिमको रहेको बताउदै तल्लो बर्गका लागि ठोस कार्यक्रम नै नरहेको बताएकी छन् । उनले सिमित स्वार्थ समुहको प्रभावमा परेर मध्यरातमा करका दर हेरफेर गरेको आरोप लगाएकी छन् । 

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ आईफोनको दुई दशक लामो यात्रा

सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।

थप समाचार