प्रधानमन्त्रीको अभिव्यक्तिप्रति राष्ट्रिय सभामा परराष्ट्रमन्त्रीको स्पष्टीकरण

२८ जेठ, २०८३, बिहिवार
सारांश
  • भ्रमणका क्रममा तीन वटा संयुक्त सहमति भएको पनि जानकारी दिइयो । जसमा सीमापार डिजिटल भुक्तानी, भूकम्पपछि भारतको सहयोगमा बनेका स्वास्थ्य र सांस्कृतिक परियोजनाको हस्तान्तरण तथा डिजिटल भाषा अनुवाद प्रविधि विकास सम्बन्धी सहकार्य समावेश छन् ।

काठमाडौं: परराष्ट्रमन्त्री शिशिरले सरकार संविधान, परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धका मान्यताअनुसार सुशासन र आर्थिक समृद्धिमा केन्द्रित भएर काम गरिरहेको बताएका छन् ।

 

विहिबार राष्ट्रिय सभामा बोल्दै मन्त्री खनालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता र नागरिक सुरक्षाको संरक्षणलाई प्राथमिकतामा राखिएको स्पष्ट गरे । मन्त्रालयले संसद र सम्बन्धित समितिहरूलाई नियमित रूपमा कामको विवरण दिँदै आएको पनि उनले बताए ।

 

भारत भ्रमणबारे जानकारी दिँदै मन्त्री खनालले जेठ २२ देखि २४ गतेसम्म नयाँ दिल्लीमा भारतीय विदेशमन्त्रीको निमन्त्रणामा औपचारिक भ्रमण भएको बताए । भ्रमणका क्रममा दुवै देशबीच व्यापार, ऊर्जा, कनेक्टिभिटी, जलस्रोत, सीमा व्यवस्थापन र जनस्तरको सम्बन्धबारे विस्तृत छलफल भएको उल्लेख गरे ।

 

भ्रमणका क्रममा तीन वटा संयुक्त सहमति भएको पनि जानकारी दिइयो । जसमा सीमापार डिजिटल भुक्तानी, भूकम्पपछि भारतको सहयोगमा बनेका स्वास्थ्य र सांस्कृतिक परियोजनाको हस्तान्तरण तथा डिजिटल भाषा अनुवाद प्रविधि विकास सम्बन्धी सहकार्य समावेश छन् ।

 

यसै क्रममा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारसँग भेटघाट तथा सीमा व्यवस्थापन र सुरक्षा विषयमा छलफल भएको पनि उनले बताए । भ्रमणलाई उनले नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउने महत्वपूर्ण अवसर भनेका छन् ।

 

उनले प्रधानमन्त्रीले सीमा बारे दिएको अभिव्यक्तिको बारेमा स्पष्टीकरण दिदै भने- ' प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय खासगरी दशगजा क्षेत्र अतिक्रमण र "क्रस बोर्डर अकुपेसन" सँग सम्बन्धित छ। नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा फिक्स्ड बाउन्ड्री प्रिन्सिपल अवलम्बन गरिएकोले "क्रस बोर्डर अकुपेसन" भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको छ ।'

 

नेपाल–भारत सीमा सम्बन्धमा उनले सुगौली सन्धि आधार रहेको उल्लेख गर्दै लिपुलेक, कालापानी र सुस्ता क्षेत्रको विषय कूटनीतिक वार्ताबाट समाधान गर्न नेपाल प्रतिबद्ध रहेको बताए । दशगजा अतिक्रमण र सीमा क्षेत्रमा देखिएको समस्याबारे संयुक्त प्राविधिक टोलीले अध्ययन गरिरहेको जानकारी पनि दिए ।

 

उनका अनुसार सीमा समस्या द्विपक्षीय संवादबाट समाधान गर्ने नीति नेपालले निरन्तर अघि बढाइरहेको छ । साथै, सरकारको परराष्ट्र नीति राष्ट्रिय हित र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्न केन्द्रित रहेको उनले दोहोर्याए ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार