- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतको आपसी हितमा सदैव सहकार्य गर्न तत्पर रहेको सो अवसरमा जयशंकरले बताए ।
काठमाडौं: भारतीय विदेशमन्त्री एस जयशंकले नेपाल र भारतबीच एआई र सूचना प्रविधिको क्षेत्रमा सहकार्य विस्तार हुने बताएका छन् ।
भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग द्विपक्षीय भेटवार्ताका क्रममा जयशंकरले नेपाल र भारतको सम्बन्धको आयाम जनस्तर, वाणिज्य, व्यापारबाट अझै माथि उठ्ने बताउदै अबको सहकार्य एआई र सूचना प्रविधि तथा स्टार्टअपका क्षेत्रमा सम्बन्ध विस्तार हुने बताएका हुन् ।
उनले भने- 'नेपाल र भारतको सम्बन्ध जनस्तर, संस्कृति र व्यापारमा मात्रै होइन अब अझै अघि बढ्नेछ । अब हामी एआई र सूचना प्रविधि तथा स्टार्टअपका क्षेत्रमा सम्बन्ध विस्तार गर्नेछौँ । रवि लामिछानेको हालसालैको भ्रमणबाट द्विपक्षीय राजनीतिक सम्बन्ध थप सुदृढ हुने विश्वास छ ।'
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतको आपसी हितमा सदैव सहकार्य गर्न तत्पर रहेको सो अवसरमा जयशंकरले बताए ।
शुक्रबार दिल्ली पुगेका परराष्ट्रमन्त्री खनालले शुक्रबारनै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच भेटवार्ता गरेका थिए भने शनिबार बिहान भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेबीच भेटवार्ता गरेका थिए । मन्त्री खनाल २४ गते स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
संविधान संशोधनमा नागरिक शक्ति नेपालको १८ बुँदे ‘बोल्ड’ संशोधन प्रस्ताव
-
नेपालसँग अबको सहकार्य एआई र सूचना प्रविधिमा हुन्छ- जयशंकर
-
तीन तहका सरकारबीच समन्वय बिना प्रभावकारी कानुन बन्न सक्दैन: सभामुख डीपी अर्याल
-
नेपाली महिला क्रिकेट टिम ४० रनमा अल आउट, हङकङसँग पराजित
-
प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भन्दै श्रम संस्कृति पार्टी सडकमा
धेरै पढिएको
-
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
विशेष
नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश
“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।