प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भन्दै श्रम संस्कृति पार्टी सडकमा

२३ जेठ, २०८३, शनिवार
सारांश
  • माइतीघरमा आयोजित प्रदर्शनका क्रममा राईले सामाजिक सञ्जालमा कीर्ते प्रमाण प्रयोग गरेर प्रधानमन्त्रीको अभिव्यक्तिलाई ठहर्याउने प्रयास भइरहेको आरोप लगाए। सरकार र परराष्ट्र मन्त्रालयले दिएको स्पष्टीकरणलाई ढाकछोपको प्रयास भन्दै उनले आपत्ति जनाए।

काठमाडौँ: श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले प्रधानमन्त्रीको हालैको अभिव्यक्तिलाई राष्ट्रहितविपरीत र राष्ट्रघाती ठहर गर्दै त्यसको विरोधमा सडक आन्दोलन गर्नुपरेको बताएका छन्। 

 

माइतीघरमा आयोजित प्रदर्शनका क्रममा राईले सामाजिक सञ्जालमा कीर्ते प्रमाण प्रयोग गरेर प्रधानमन्त्रीको अभिव्यक्तिलाई ठहर्याउने प्रयास भइरहेको आरोप लगाए। सरकार र परराष्ट्र मन्त्रालयले दिएको स्पष्टीकरणलाई ढाकछोपको प्रयास भन्दै उनले आपत्ति जनाए।

 

सीमा समस्या र सीमा अतिक्रमण फरक विषय भएको उल्लेख गर्दै प्रधानमन्त्रीलाई संसद्मा बोलाएर स्पष्ट जवाफ दिन र आवश्यक परे क्षमायाचना गर्नुपर्ने माग गरे। प्रधानमन्त्रीको अभिव्यक्तिले दीर्घकालीन रूपमा राष्ट्रिय हितमा असर पार्न सक्ने भन्दै राष्ट्रवादी नागरिक र बौद्धिक वर्ग चिन्तित भएको उनको भनाइ छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार