नेपालसँग अबको सहकार्य एआई र सूचना प्रविधिमा हुन्छ- जयशंकर
२३ जेठ, २०८३, शनिवार
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतको आपसी हितमा सदैव सहकार्य गर्न तत्पर रहेको सो अवसरमा जयशंकरले बताए ।
काठमाडौं: भारतीय विदेशमन्त्री एस जयशंकले नेपाल र भारतबीच एआई र सूचना प्रविधिको क्षेत्रमा सहकार्य विस्तार हुने बताएका छन् ।
भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग द्विपक्षीय भेटवार्ताका क्रममा जयशंकरले नेपाल र भारतको सम्बन्धको आयाम जनस्तर, वाणिज्य, व्यापारबाट अझै माथि उठ्ने बताउदै अबको सहकार्य एआई र सूचना प्रविधि तथा स्टार्टअपका क्षेत्रमा सम्बन्ध विस्तार हुने बताएका हुन् ।
उनले भने- 'नेपाल र भारतको सम्बन्ध जनस्तर, संस्कृति र व्यापारमा मात्रै होइन अब अझै अघि बढ्नेछ । अब हामी एआई र सूचना प्रविधि तथा स्टार्टअपका क्षेत्रमा सम्बन्ध विस्तार गर्नेछौँ । रवि लामिछानेको हालसालैको भ्रमणबाट द्विपक्षीय राजनीतिक सम्बन्ध थप सुदृढ हुने विश्वास छ ।'
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतको आपसी हितमा सदैव सहकार्य गर्न तत्पर रहेको सो अवसरमा जयशंकरले बताए ।
शुक्रबार दिल्ली पुगेका परराष्ट्रमन्त्री खनालले शुक्रबारनै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच भेटवार्ता गरेका थिए भने शनिबार बिहान भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेबीच भेटवार्ता गरेका थिए । मन्त्री खनाल २४ गते स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
अमेरिकाका सबै बालबालिकालाई स्पेसएक्सको एक कित्ता सेयर दिने मस्कको घोषणा
-
फ्रान्सका विभिन्न सहरमा कर्फ्यु, दङ्गामा २ हजार ५०० भन्दा बढी पक्राउ
-
दशैँको अवसरमा काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरी बलद्वारा निःशुल्क बस सेवा सञ्चालन
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक ३ गते मङ्गलबार
-
भारत छाड्न दिइएको नोटिसविरुद्ध अभिनेता इमरान खान उच्च अदालतमा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’