प्रधानमन्त्री बालेनप्रति महानायकको टिप्पणी- देशको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता हुनुपर्छ

२२ जेठ, २०८३, शुक्रवार
सारांश
  • उनले नेपालका सीमा सम्बन्धी बहसलाई लिएर दुई फरक प्रकारका अवधारणा रहेको बताउदै सीमा पार हुने अतिक्रमण र राज्य आफैँले गर्ने भूभाग विस्तारका प्रयासलाई एउटै अर्थमा बुझ्ने गरिएको भए पनि ती पूर्ण रूपमा फरक प्रकृतिका विषय भएको बताएका छन्  ।

काठमाडौँ: महानायक राजेश हमालले सीमा बारे चलिरहेको बहस बारे टिप्पणी गर्दै देशको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता र दूरदृष्टि हुनुपर्ने बताएका छन् ।

 

सामाजिक सञ्जालमा लेख्दै महानायक हमालले राजनीतिक अस्थिरता र अनिश्चितताको अहिलेको विश्व परिवेशमा नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि नहुँदा राष्ट्रले गम्भीर चुनौती सामना गर्नुपर्ने अवस्था आउन सक्ने बताएका हुन् ।

 

उनले नेपालका सीमा सम्बन्धी बहसलाई लिएर दुई फरक प्रकारका अवधारणा रहेको बताउदै सीमा पार हुने अतिक्रमण र राज्य आफैँले गर्ने भूभाग विस्तारका प्रयासलाई एउटै अर्थमा बुझ्ने गरिएको भए पनि ती पूर्ण रूपमा फरक प्रकृतिका विषय भएको बताएका छन्  ।

 

उनले सीमा पार अतिक्रमण धेरैजसो सरकारभन्दा पनि स्थानीय समुदाय र नागरिकसँग जोडिएको हुने बताएका छन् । नेपाल–भारतबीचको खुला सीमाका कारण दुवै देशका नागरिकबीच शताब्दीयौँदेखि व्यापार, खेतीपाती र सामाजिक सम्बन्ध कायम रहँदै आएको उल्लेख गर्दै उनले नदीले धार परिवर्तन गर्नु, सीमा स्तम्भ हराउनु वा बिग्रनु, बस्ती विस्तार हुनु जस्ता घटनाहरू सामान्य रूपमा देखिने बताए ।

 

उनले यस्ता घटनाहरू नीतिगत विस्तारका योजना नभई भौगोलिक अवस्था र ऐतिहासिक परिस्थितिको परिणाम भएको बताउदै यिनलाई प्रशासनिक समन्वय, संयुक्त अध्ययन र आपसी संवादमार्फत समाधान गर्न सकिने बताएका छन् ।

 

हमालले राज्य आफैँ संलग्न भएर कुनै विवादित भूभागमा नियन्त्रण विस्तार वा कायम राख्ने प्रयास भने पूर्ण रूपमा फरक विषय भएकोबताउदै यस्तो अवस्थामा व्यक्तिभन्दा पनि राज्यका निकायहरू सक्रिय रहने, सडक निर्माण, प्रशासनिक संरचना स्थापना, सुरक्षा निकायको उपस्थिति र सरकारी नक्सामा परिवर्तन जस्ता कदममार्फत अधिकार स्थापित गर्नुपर्ने बताएका छन् ।

 

यस सन्दर्भमा उनले कालापानी–लिपुलेक–लिम्पियाधुरा क्षेत्रलाई प्रमुख उदाहरणका रूपमा उल्लेख गरेका छन् ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?

जुन २४ मा ३९ वर्ष पुग्ने मेसीका लागि यो विश्वकप विशेष महत्वको हुन सक्छ । विश्व फुटबलका महानतम खेलाडीमध्ये एक मानिने मेसी सामु यसपटक विश्वकप इतिहासका थुप्रै कीर्तिमान तोड्ने अवसर छ ।

थप समाचार