गैर कानुनी तवरले महिलाहरूलाई कुवेत, ओमान लगायतका देशमा पठाउने ६ जना पक्राउ
२२ जेठ, २०८३, शुक्रवार
- गैर कानुनी तवरले पीडित महिलाहरूलाई ललाई फकाई प्रलोभनमा पारी कुवेत, ओमान, युएई जस्ता देशहरूमा घरेलु कामदारको रूपमा पठाउने कार्यमा संलग्न व्यक्तिहरूले सिनामंगलमा भेला जम्मा भई विशेष योजना बनाइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
काठमाडौं: गैर कानुनी तवरले महिलाहरूलाई कुवेत, ओमान जस्ता देशहरूमा पठाउने कार्यम संलग्न रहको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने संखुवासभा घर भएका ४६ वर्षीय आशिष भन्ने केदार बहादुर खड्का, ग्लोरी वर्ल्ड होलिडेज ट्राभल्सका संचालक काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ जोरपाटी बस्ने गुल्मी घर भएका ४४ वर्षीय राम बहादुर क्षेत्री, ग्लोरी वर्ल्ड होलिडेज ट्राभल्समा कार्यरत काठमाडौं महानगरपालिका-८ गुहेश्वरी बस्ने सिन्धुपाल्चोक घर भएका ४५ वर्षीय ईश्वर न्यौपाने, प्रविण टुर्स एण्ड ट्राभल्सका संचालक भक्तपुर सूर्यविनायक नगरपालिका-४ दधिकोट बस्ने सप्तरी घर भएका ४२ वर्षीय प्रकाश साह, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ पिपलबोट बस्ने मोरङ घर भएका ५२ वर्षीय कुमार उराउ र काठमाडौं महानगरपालिका-९ भिमसेनगोला बस्ने खोटाङ घर भएका ४७ वर्षीय पशुपति राई रहेका छन् ।
गैर कानुनी तवरले पीडित महिलाहरूलाई ललाई फकाई प्रलोभनमा पारी कुवेत, ओमान, युएई जस्ता देशहरूमा घरेलु कामदारको रूपमा पठाउने कार्यमा संलग्न व्यक्तिहरूले सिनामंगलमा भेला जम्मा भई विशेष योजना बनाइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले केदार बहादुर खड्काको घर तलासी गर्दा स्रोत नखुलेको नगद ३१ लाख ८० हजार रूपैयाँ समेत बरामद गरेको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणा
-
मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग
-
त्रिशूली ३ ए को उद्धार अपडेट: सुरुङको मुख खोलिदै
-
ट्रम्पको तस्बिर अंकित एक डलरको सिक्का सार्वजनिक
-
बाढीमा मृत्यु भएका सुरक्षाकर्मी र कर्मचारीका परिवारलाई १० लाख दिने सरकारको निर्णय
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।