सचिव पुष्करलाई नियन्त्रणमा लिएको घटनामा महेश बस्नेतको टिप्पणी- शुभ संकेत होइन
२२ जेठ, २०८३, शुक्रवार
- बस्नेतले सुशासनको अर्थ राज्य शक्तिको प्रयोग गरेर त्रास सिर्जना गर्नु नभई कानुन र संस्थागत मर्यादाको सम्मान गरेको बताएका छन् । उनले प्रश्न उठाउने र संवाद गर्ने वातावरण साँघुरिँदै जाने अवस्था लोकतन्त्रका लागि शुभ संकेत नभएको टिप्पणी गरेका छन् ।
काठमाडौँ: नेकपा एमालेका सचिव महेश बस्नेतले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री बालेनलाई व्यक्तिगत सन्देश पठाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको विषयप्रति आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले सोधपुछपछि मुद्दा चलाउन पर्याप्त आधार नपुगेकाले सचिव पुष्करलाई रिहा गरिएको उल्लेख गर्दै सचिव बस्नेतले सार्वजनिक पदमा रहेका एक वरिष्ठ कर्मचारीले ‘चेन अफ कमाण्ड’ उल्लङ्घन गरेको वा व्यक्तिगत सन्देश पठाएको विषयलाई आधार बनाएर प्रहरी नियन्त्रणमा लिनु प्रशासनिक स्वतन्त्रता, विधिको शासन र नागरिक अधिकारका दृष्टिले गम्भीर प्रश्नको विषय भएको टिप्पणी गरेका छन् ।
बस्नेतले सुशासनको अर्थ राज्य शक्तिको प्रयोग गरेर त्रास सिर्जना गर्नु नभई कानुन र संस्थागत मर्यादाको सम्मान गरेको बताएका छन् ।
उनले प्रश्न उठाउने र संवाद गर्ने वातावरण साँघुरिँदै जाने अवस्था लोकतन्त्रका लागि शुभ संकेत नभएको टिप्पणी गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणा
-
मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग
-
त्रिशूली ३ ए को उद्धार अपडेट: सुरुङको मुख खोलिदै
-
ट्रम्पको तस्बिर अंकित एक डलरको सिक्का सार्वजनिक
-
बाढीमा मृत्यु भएका सुरक्षाकर्मी र कर्मचारीका परिवारलाई १० लाख दिने सरकारको निर्णय
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।