- पोखरा ७ र ८ को सिमाना जिरो किमी, पोखरा ४ र ५ को सिमाना बुढानीलकण्ठ मन्दिर र पोखरा १८ र २ को सिमाना अधेरीकुनादेखि वडा नं.४ तर्फ तीनै स्थानमा दोस्रो दिन पनि आज बिहान १० बजेदेखि संरचना भत्काउन शुरु गरिएको हो ।
पोखरा: फिर्केखोलाको खोला घरमा निर्माण भएका संरचना हटाउने पोखरा महानगरपालिकाको अभियान आज दोस्रो दिन पनि जारी रहेको छ ।
पोखरा ७ र ८ को सिमाना जिरो किमी, पोखरा ४ र ५ को सिमाना बुढानीलकण्ठ मन्दिर र पोखरा १८ र २ को सिमाना अधेरीकुनादेखि वडा नं.४ तर्फ तीनै स्थानमा दोस्रो दिन पनि आज बिहान १० बजेदेखि संरचना भत्काउन शुरु गरिएको हो ।
फिर्केखोलाको नाप जाँच प्रतिवेदन, २०८० का अनुसार फिर्केखोला मिचेर निर्माण भएका संरचनाहरूको सङ्ख्या १६० रहेको छ । यसमा खोलाको दायाँबायाँ व्यक्तिगत रूपमा निर्माण भएका स्थायी प्रकृतिका ३५ वटा संरचना रहेका छन् भने, अस्थायी प्रकृतिका ९७ वटा संरचनाहरू रहेका छन् । यस्तै विभिन्न संस्थाका नाममा बनेका संस्थागत संरचनाहरूको सङ्ख्या भने स्थायी १८ र अस्थायी १० वटा संरचना निर्माण भएको पाइएको छ ।
यी संरचनाहरू हटाएर पोखरा महानगरपालिकाले फिर्केखोलाको संरक्षण, विकास र सौन्दर्यीकरणको योजना अगाडी सारेको छ । योजना अनुसार फिर्केखोलाको दायाँबायाँ साइकल ट्र्याक, फुटपाथ सहितको कोरिडोर निर्माण हुनेछ । फिर्केलाई एक आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गरिने छ । नगर प्रमुख धनराज आचार्यका अनुसार पोखराको सभ्यताका रूपमा रहेको फिर्केखोलाको संरक्षण वातावरण तथा पर्यावरण संरक्षणका दृष्टिले पनि निकै महत्त्वपूर्ण हुनेछ ।
वातावरण संरक्षणका लागि महाअभियान नेपालका संयोजक राम बहादुर पौडेलले समेत यसलाई संरक्षण तथा विकास गर्ने महानगरपालिकाको योजनामा नागरिक समाजको तर्फबाट पूर्ण साथ रहने बताउँदै आएका छन् । फिर्केखोलाको खोलाघर खाली गर्ने अभियानमा पोखरा महानगरपालिकामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूले नेतृत्वदायी र सक्रिय सहभागिता जनाइरहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नेपालमा विपद् तयारी केन्द्रको उपकेन्द्र स्थापना गर्न सम्झौता
-
मुख्यमन्त्री नियुक्तिको मुद्धा अदालतमा रहेकाले प्रदेशसभा बैठक स्थगित गर्न कांग्रेसको माग
-
बागमतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्धको रिटमा कारण देखाउ आदेश
-
परराष्ट्रमन्त्री खनाल र सचिव राईबीच कार्यसम्पादन सम्झौता
-
बेलायतका प्रधानमन्त्री बर्नहम किभमा, युक्रेनलाई स्टोर्म स्याडो क्षेप्यास्त्र निर्माणको गोप्य प्रविधि दिदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।