धरानमा सुकुम्वासीको विरोध प्रदर्शन, काठमाडौं डोजर अभियानविरुद्ध आक्रोश
१९ बैसाख, २०८३, शनिवार
- नेपाल बसोबास बस्ती संरक्षण समाज र बस्ती रक्षा संरक्षण परिचालन समितिको अगुवाइमा भएको प्रदर्शनमा सहभागीहरूले काठमाडौंको डोजर अभियान र सरकारको कदमको विरोध गरेका छन्। उनीहरूले सुकुम्वासीलाई बसोबासको वैकल्पिक व्यवस्था नगरी घरटहरा भत्काउनु अमानवीय भएको आरोप लगाएका छन्।
काठमाडौँ: काठमाडौँ उपत्यकाको खोला किनारमा सुकुम्वासी बस्ती भत्काइएको विरोधमा सुनसरीको धरानमा प्रदर्शन भएको छ। धरान को छाता चोकबाट सुरु भएको प्रदर्शन बजार परिक्रमा गर्दै सम्पन्न भएको हो।
नेपाल बसोबास बस्ती संरक्षण समाज र बस्ती रक्षा संरक्षण परिचालन समितिको अगुवाइमा भएको प्रदर्शनमा सहभागीहरूले काठमाडौंको डोजर अभियान र सरकारको कदमको विरोध गरेका छन्। उनीहरूले सुकुम्वासीलाई बसोबासको वैकल्पिक व्यवस्था नगरी घरटहरा भत्काउनु अमानवीय भएको आरोप लगाएका छन्।
प्रदर्शनकारीहरूले संविधानले आवासको हक सुनिश्चित गरेकाले सरकारले सुकुम्वासीको बसोबासको ग्यारेन्टी गर्नुपर्ने माग गरेका छन्। आयोजक कुमार कार्की ले सरकारी कदमलाई ‘राज्य आतंक’ भन्दै कडा आलोचना गरेका छन्।
धरानमा हजारौँ सुकुम्वासी सहभागी रहेको प्रदर्शनमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू पनि उपस्थित थिए। स्थानीय बस्तीहरू खहरे कोरिडोर, देउराली, मङ्गलबारे, सर्दु किनारलगायत क्षेत्रमा सुकुम्वासीको बसोबास रहेको जनाइएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
विश्वकपमा निजी लगानीकर्ता भित्र्याउने योजनामा विवाद, युरोपको बहिष्कार गर्ने चेतावनी
-
ट्रम्पको ‘शान्ति बोर्ड’ योजनामा हमास सहमत, निशस्त्रीकरण हुन तयार
-
कुवेत आक्रमणमा नेपालीको मृत्युप्रति नेपाल सरकारद्वारा कडा निन्दा
-
गृहमन्त्री र सुनसरी घटनाका मृतक परिवारबीच ७ बुँदे सहमति
-
राष्ट्रिय सभा बैठक आज बस्दै, यस्तो छ कार्यसुची
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।