प्रेस युनियनले विधान सभा गर्ने, सरकारी विज्ञापन रोक्ने निर्णय फिर्ता लिन माग
२०८३ वैशाख १९ शनिवार
- नेपाल प्रेस युनियनले आगामी जेठ १३ गते काठमाडौंमा विधान सभा आयोजना गर्ने निर्णय गर्दै निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।
काठमाण्डौ, १९ वैशाख । नेपाल प्रेस युनियनले आगामी जेठ १३ गते काठमाडौंमा विधान सभा आयोजना गर्ने निर्णय गर्दै निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।
प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा शुक्रबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसमिति बैठकले संगठन सुदृढीकरणदेखि पत्रकारका श्रम अधिकार र प्रेस स्वतन्त्रतासम्मका विविध विषयमा महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।युनियनले आफ्नो विधानलाई समयसापेक्ष र समावेशी बनाउन संशोधन प्रक्रिया अघि बढाउँदै विधान मस्यौदामाथि जिल्ला र प्रदेश तहमा छलफल गर्ने र स्थापना दिवसको अवसरमा विधान सभा आयोजना गर्ने जनाएको छ ।
प्रेस युनियनका महासचिव दिलीप पौडेलद्वारा जारी विज्ञप्तिअनुसार युनियनले संगठनलाई थप गतिशील र प्रभावकारी बनाउँदै पत्रकारहरूको हक–हित संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
बैठकले सरकारको विज्ञापन नीतिप्रति गम्भीर आपत्ति जनाउँदै यसले स्वतन्त्र सञ्चारमाध्यमको आर्थिक अवस्था कमजोर बनाउने निष्कर्ष निकालेको छ। विज्ञापनको न्यायोचित वितरण, सञ्चारमाध्यमको दिगोपना र पत्रकारहरूको रोजगारी सुरक्षाका लागि स्पष्ट नीति आवश्यक रहेको युनियनको ठहर छ ।
सञ्चारकर्मीहरूको श्रम समस्याबारे पनि बैठकले गम्भीर छलफल गर्दै श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, न्यूनतम पारिश्रमिक वृद्धि, नियुक्ति पत्र अनिवार्य गर्ने तथा नियमित तलब भुक्तानी सुनिश्चित गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
त्यसैगरी, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि बढ्दो चुनौतीप्रति चिन्ता व्यक्त गर्दै पत्रकार आचारसंहिताको पूर्ण कार्यान्वयनमा जोड दिइएको छ । पत्रकार कल्याणकारी कोषलाई थप सुदृढ र पारदर्शी बनाउने निर्णयसमेत गरिएको छ ।
नेपाल पत्रकार महासंघ युके शाखामा देखिएको विवादप्रति ध्यानाकर्षण गराउँदै वरिष्ठ पत्रकार भगीरथ योगी कार्यदलको प्रतिवेदन तत्काल कार्यान्वयन गरी समस्या समाधान गर्न युनियनले आग्रह गरेको छ ।
डिजिटल युगका चुनौतीलाई सम्बोधन गर्दै युनियनले एआई, सामाजिक सञ्जाल र डिजिटल मिडियाको जिम्मेवार प्रयोगका लागि मापदण्ड विकास गर्ने, पत्रकारलाई डिजिटल सीपसम्बन्धी तालिम सञ्चालन गर्ने र मिस–इन्फर्मेसन नियन्त्रणका लागि तथ्य–जाँच प्रणाली सुदृढ गर्ने निर्णय गरेको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
अब मोबाइलमै कर्मकाण्ड : एआई प्रविधिबाट वैदिक विधि र पञ्चाङ्ग सेवा
-
किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ
-
संस्थापन पक्षको आव्हान देउवा समुहबाट अस्वीकार, असोज १५ देखि महाधिवेशन प्रक्रिया शुरु गर्ने
-
बाढीपीडित तथा संरक्षण आवश्यक बालबालिकाका लागि ‘स्याहार योजना’ कार्यान्वयन
-
जोन्सनसहितका युरेपेली नेताहरुले छोडेको केहि समयमै युक्रेनमा रेलमाथि रुसी ड्रोन आक्रमण
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।