बल्खु, बंशीघाट र शंखमूल क्षेत्रका ७४४ घर-टहरा भत्काइयो, ३२३ परिवार सम्पर्कमा

२०८३ वैशाख १९ शनिवार
सारांश
  • सरकारले शनिबार काठमाडौँका बल्खु, बंशीघाट र शंखमूल क्षेत्रमा रहेका कुल ७४४ घर-टहरा हटाएको छ ।

काठमाण्डौ, १९ वैशाख । सरकारले शनिबार काठमाडौँका बल्खु, बंशीघाट र शंखमूल क्षेत्रमा रहेका कुल ७४४ घर-टहरा हटाएको छ ।

 

हटाइएका संरचनामध्ये बल्खुमा ४०१ वटा घर, टहरा र छाप्रो हटाइएको छ भने बंशीघाटमा १९३ वटा संरचना भत्काइएको सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जनाएको छ । त्यस्तै शंखमूल क्षेत्रमा १५० वटा पक्की घर हटाइएको छ ।

 

यस क्रममा शनिबार ३२३ परिवार सम्पर्कमा आएको र उनीहरूका कुल १ हजार ४१४ सदस्य प्रभावित भएका छन् । प्रभावितमध्ये ८० जनालाई तत्कालका लागि खरिपाटीमा स्थानान्तरण गरी व्यवस्थापन गरिएको सचिवालयले जानकारी दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार