जोखिमपूर्ण बस्तीबाट विस्थापित भएकालाई स्वास्थ्य शिविर सञ्चालन
१८ बैसाख, २०८३, शुक्रवार
- जसमा बालरोग, स्त्रीरोग, दन्त उपचार र मनोसामाजिक परामर्श उपलब्ध गराइएको सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जानकारी दिएको छ ।
काठमाडौँ: बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूका लागि सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
जसमा बालरोग, स्त्रीरोग, दन्त उपचार र मनोसामाजिक परामर्श उपलब्ध गराइएको सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जानकारी दिएको छ ।
यी सेवाहरू शुक्रराज ट्रपिकल (नेतृत्वदायी भूमिका), कान्ति बाल अस्पताल, परोपकार प्रसुती गृह, र पाटन मानसिक अस्पतालका विशेषज्ञ टोलीहरूले दिइरहेका छन् । उपचार प्रक्रिया शिविरमै औषधी र परामर्श दिने तथा जटिल समस्या भएमा सरकारी अस्पतालमा 'रेफर' गर्ने व्यवस्था मिलाइएको छ ।
अहिले सम्म ६८ जनाले सेवा लिइसकेका छन् । बसोबास गुमाउँदा हुन सक्ने मनोसामाजिक तनाव र अन्य संक्रमणलाई ध्यानमा राख्दै पाटन मानसिक अस्पतालको टोलीले परामर्श सेवा दिइरहेको बताइएको छ ।
साथै कीर्तिपुर क्षेत्रमा पनि वीर अस्पतालको नेतृत्वमा अर्को शिविर सञ्चालन भइरहेको छ, जहाँ आँखा र दाँतको उपचार गरिएको छ ।
काठमाडौं महानगरपालिका र स्वास्थ्य सेवा विभागसँगको समन्वयमा पर्याप्त जनशक्ति र औषधीको व्यवस्था गरिएको जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
अब मोबाइलमै कर्मकाण्ड : एआई प्रविधिबाट वैदिक विधि र पञ्चाङ्ग सेवा
-
किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ
-
संस्थापन पक्षको आव्हान देउवा समुहबाट अस्वीकार, असोज १५ देखि महाधिवेशन प्रक्रिया शुरु गर्ने
-
बाढीपीडित तथा संरक्षण आवश्यक बालबालिकाका लागि ‘स्याहार योजना’ कार्यान्वयन
-
जोन्सनसहितका युरेपेली नेताहरुले छोडेको केहि समयमै युक्रेनमा रेलमाथि रुसी ड्रोन आक्रमण
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।