- स्थानीयका अनुसार झण्डै ९० प्रतिशत सुकुमबासीले स्वेच्छाले आफ्नो बस्ती हटाउन थालेका छन्। तर, उनीहरूमा असन्तुष्टि र अन्योल भने कायमै देखिएको छ।
काठमाडौं: बालाजु क्षेत्रको सुकुमबासी बस्तीमा शुक्रबार दिउँसो डोजर प्रयोग गरी बस्ती खाली गराउने तयारी भएपछि स्थानीयवासी बिहानैदेखि आफ्नो सामान सार्न व्यस्त भएका छन्।
प्रहरीले सो क्षेत्रका बासिन्दालाई मध्यान्न १२ बजेसम्म बस्ती खाली गर्न समयसीमा दिएको थियो।
स्थानीयका अनुसार झण्डै ९० प्रतिशत सुकुमबासीले स्वेच्छाले आफ्नो बस्ती हटाउन थालेका छन्। तर, उनीहरूमा असन्तुष्टि र अन्योल भने कायमै देखिएको छ।
सुकुमबासी बस्तीका स्थानीय श्यामबहादुर सुनारले सरकारले उचित विकल्प नदिई हटाउन खोजेको गुनासो गरे।
उनले भने, ‘हामीलाई उठेर जाऊ भनेर स्पष्ट भनिएको पनि थिएन। कहिले अन्त सार्दिन्छौं भनेर आशा मात्र देखाइयो। अहिले अचानक उठ्नुपर्दा निकै समस्या भयो। हामी गरिब दुःखीले जसोतसो बस्दै आएका थियौं, अहिलेको सरकारले उठिबास लगाउने भयो।’
त्यस्तै अर्का स्थानीय राजकुमार पुरी भावुक हुँदै काम गरेर गुजारा चलाउँने सर्वसाधरणको गुजारा चलाउँने विकल्प खोज्नुपर्ने बताए ।
उनले भने, ‘सबै सामान यही चौरमा ल्याएर राखेको छु। नागरिकता, राष्ट्रिय परिचयपत्र र मतदाता परिचयपत्र सबै यही ठेगानाको छ। मेरो कोही पनि छैन, सबै यहीँ बितिसके। म वाइलिङको काम गरेर गुजारा चलाउँछु—काम भए खान पाइन्छ, नभए त्यो पनि छैन। म हकुमबासी होइन, सुकुमबासी हुँ। सानैदेखि यहीँ बस्दै आएको छु।’
उनीहरुको अनुसार बस्ती हटाउने कार्यले स्थानीयको दैनिक जीवनमा प्रत्यक्ष असर परेको छ भने पुनर्वासको विषय अझै अनिश्चित देखिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ
-
संस्थापन पक्षको आव्हान देउवा समुहबाट अस्वीकार, असोज १५ देखि महाधिवेशन प्रक्रिया शुरु गर्ने
-
बाढीपीडित तथा संरक्षण आवश्यक बालबालिकाका लागि ‘स्याहार योजना’ कार्यान्वयन
-
जोन्सनसहितका युरेपेली नेताहरुले छोडेको केहि समयमै युक्रेनमा रेलमाथि रुसी ड्रोन आक्रमण
-
चिलिमे सुरुङमा उद्धारको काम तीव्र, आजै गन्तव्यमा पुग्ने लक्ष्य
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।