बाढीपहिरो पीडितका लागि ७ बर्षीय बालकको उदाहरणीय उपहार

२०८३ भाद्र २९ सोमवार
सारांश
  • क्यानडाको एडमन्टनमा बसोबास गर्ने अर्जुनराज पौडेलले आफ्नो सातौं जन्मदिनको अवसरमा साथीहरूसँग उपहारमा पैसा दिन आग्रह गरेर त्यसबाट संकलित रकम नेपालका बाढीपीडित बालबालिकालाई सहयोग गरेका छन् ।

काठमाण्डौ, २९ भाद्र । ७ बर्षका अर्जुनले आफ्नो जन्मदिनमा नेपालका बाढी पीडित बालबालिकाको लागि  प्रेरणादायक उपहार प्रदान गरेका छन । हैटीमा जन्मिएका अर्जुनका पिता नेपाली हुन भने आमा हैटीकी नागरिक हुन ।

 

क्यानडाको एडमन्टनमा बसोबास गर्ने अर्जुनराज पौडेलले आफ्नो सातौं जन्मदिनको अवसरमा साथीहरूसँग उपहारमा पैसा दिन आग्रह गरेर त्यसबाट संकलित रकम नेपालका बाढीपीडित बालबालिकालाई सहयोग गरेका छन् ।

 

अर्जुनले जन्मदिनमा प्राप्त भएको १५०० क्यानडियन डलर अर्थात् नेपाली करिब १ लाख ६५ हजार रुपैयाँ नेपाल केन्दृत एक क्यानेडियन मुनाफा रहित संस्था 'ह्याप्पी नेपाल फाउन्डेसन’मार्फत नेपालका बालबालिकालाई सहयोग गरेका हुन् ।

 

हैटीमा हिंसा र अशान्ति बढेपछि उनीहरू क्यानडामा बसाइँ सरेर बसोबास गर्दै आएका छन् । अर्जुन नेपाली भजन तथा कीर्तन गाउनमा पनि निकै रुचि राख्छन् । भजन- कीर्तनमा आफ्नो पिता शान्तिराज पौडेलको प्रेरणा रहेको उनी बताउँछन ।

 

अर्जुनको यो उदाहरणले विदेशमा बस्ने नेपाली तथा अन्य समुदायका बालबालिकालाई पनि आफ्नो जन्मदिनलाई सामाजिक सेवामा समर्पित गर्न प्रेरणा दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार