- क्यानडाको एडमन्टनमा बसोबास गर्ने अर्जुनराज पौडेलले आफ्नो सातौं जन्मदिनको अवसरमा साथीहरूसँग उपहारमा पैसा दिन आग्रह गरेर त्यसबाट संकलित रकम नेपालका बाढीपीडित बालबालिकालाई सहयोग गरेका छन् ।
काठमाण्डौ, २९ भाद्र । ७ बर्षका अर्जुनले आफ्नो जन्मदिनमा नेपालका बाढी पीडित बालबालिकाको लागि प्रेरणादायक उपहार प्रदान गरेका छन । हैटीमा जन्मिएका अर्जुनका पिता नेपाली हुन भने आमा हैटीकी नागरिक हुन ।
क्यानडाको एडमन्टनमा बसोबास गर्ने अर्जुनराज पौडेलले आफ्नो सातौं जन्मदिनको अवसरमा साथीहरूसँग उपहारमा पैसा दिन आग्रह गरेर त्यसबाट संकलित रकम नेपालका बाढीपीडित बालबालिकालाई सहयोग गरेका छन् ।
अर्जुनले जन्मदिनमा प्राप्त भएको १५०० क्यानडियन डलर अर्थात् नेपाली करिब १ लाख ६५ हजार रुपैयाँ नेपाल केन्दृत एक क्यानेडियन मुनाफा रहित संस्था 'ह्याप्पी नेपाल फाउन्डेसन’मार्फत नेपालका बालबालिकालाई सहयोग गरेका हुन् ।
हैटीमा हिंसा र अशान्ति बढेपछि उनीहरू क्यानडामा बसाइँ सरेर बसोबास गर्दै आएका छन् । अर्जुन नेपाली भजन तथा कीर्तन गाउनमा पनि निकै रुचि राख्छन् । भजन- कीर्तनमा आफ्नो पिता शान्तिराज पौडेलको प्रेरणा रहेको उनी बताउँछन ।
अर्जुनको यो उदाहरणले विदेशमा बस्ने नेपाली तथा अन्य समुदायका बालबालिकालाई पनि आफ्नो जन्मदिनलाई सामाजिक सेवामा समर्पित गर्न प्रेरणा दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्री मेहताद्वारा ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता
-
नेप्सेमा ३१.५४ अंकको वृद्धि, ८ अर्ब ५७ करोडको कारोबार
-
काठमाण्डौ गोर्खाजमाथि जनकपुरको शानदार जित
-
हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन शुरु
-
गृहमन्त्री सुदन गुरुङको लेखबारे `एआईको युगमा नेपाल´ अभियानका संयोजक पन्तको टिप्पणी
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।